US Khabar

भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता लेख्नेलाई एक हजार डलरको पुरस्कार

- Admin | ३ वर्ष पहिले प्रकाशित

भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता लेख्नेलाई एक हजार डलरको पुरस्कार

 टेक्सास ।

अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध अभियान चलाउने हेम सरिता पाठक फाउण्डेसनले भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता, पत्रकारिता र गितहरुलाई पुरस्कार दिंदै आएको फाउण्डेसनले एक हजार डलर राशीको पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गरेको हो ।

कविताको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्ने फाउण्डेसनले जनाएको छ । बढीमा दुई सय शब्दका कवितालाई प्रतियोगितामा सामेल गरिने र जेठ ३० गतेसम्म कविताहरु इमेलबाट लिइने आयोजकले जनाएको छ । कबिता पठाउन ईमेल ठेगना [email protected] मा पठाउनुपर्नेछ । बिजेताले काठमाण्डौ बिषेश कार्यक्रमका बिच पुरस्कार प्राप्त गर्नेछन् । संरक्षक हेम पाठकका अनुसार पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ र प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको संग्रह प्रकाशित समेत गरिने छ ।

अमेरिकाको टेक्सासमा बस्दै आएका हेम पाठक र सरिता पाठक दम्पत्तिले हरेक वर्ष प्रतिष्ठानबाट भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएका छन् । फाउण्डेशनले काठमाण्डौ नजिकै रहेर पनि अति दुर्गममा पर्ने तांमाग बस्तीमा रहेको घुमारचौकमा माध्यमीक बिद्यालय सन्चालन गरेर असहाय बालबालिकाको अध्ययनमा सघाउँदै आएको छ भने त्यस वरपरका धेरै बस्तीहरुलाई स्वरोजगारका कार्यक्रम समेत सन्चालन गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!