US Khabar
  • पौडी खेल्न गएका २ वालकको डुबेर मृत्यु

    - Admin | २ हप्ता पहिले प्रकाशित

    पौडी खेल्न गएका २ वालकको डुबेर मृत्यु

    काठमाडौंको कीर्तिपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दक्षिणकाली नगरपालिका–१ का ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको मृत्यु भएको हो ।

    टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका

    उनिहरुको शव बिहीबार फेला परेको हो । बच्चाहरु पोखरीमा डुबेर हराएको खबर पाए लगत्तै
    सशस्त्र प्रहरी बलको निलबाराही गणबाट खटिएको टोलीले खोजि कार्य सुरु गरेको थियो । खोजिका क्रममा दुवै बालकको शव पोखरीबाट झिकिएको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!