US Khabar

कोही पि आर खोज्दैछन् कोहि प्यार खोज्दैछन् [ गजल ] – खिमु केसी

- Admin | २ वर्ष पहिले प्रकाशित

कोही पि आर खोज्दैछन् कोहि प्यार खोज्दैछन् [ गजल ] – खिमु केसी

कोही पि आर खोज्दैछन् कोहि प्यार खोज्दैछन्
कोही वर्षौदेखि यहाँ हराएका यार खोज्दैछन्।।
सबै उस्तै उस्तै कहाँ भेटिन्छन् र पृथ्वीमा
कोही काम गर्दैछन् कोही हतियार खोज्दैछन् ।।
वर्षौ लडे दाजुभाइ आपसमा दुश्मन बनेर
कोही अझै उस्तै कोही गोतियार खोज्दैछन् ।।
अब त शान्ति आउला भनेर बसेको फेरि
कोही कोही फेरि बहुला मतियार खोज्दैछन्।।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!