US Khabar
  • आँचल शर्मा र निराजन प्रधानको अभिनयमा लोक पौडेलको ‘निलो कुर्ताले’ सार्वजनिक

    - Admin | ७ दिन पहिले प्रकाशित

    आँचल शर्मा र निराजन प्रधानको अभिनयमा लोक पौडेलको ‘निलो कुर्ताले’ सार्वजनिक

    गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत  दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

    शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्।  शिशिर तामाङ ( छबि ) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। मिरा  इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!