US Khabar
  • चर्चित चलचित्र ‘ह्यारी पोर्टर’ अभिनेता पल रिटरको ५४ बर्षको उमेरमा निधन

    - Admin | ६ दिन पहिले प्रकाशित

    चर्चित चलचित्र ‘ह्यारी पोर्टर’ अभिनेता पल रिटरको ५४ बर्षको उमेरमा निधन

    चर्चित हलिउड चलचित्र ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का अभिनेता पल रिटरको निधन भएको छ । ब्रेन ट्युमरबाट पिडित अभिनेता रिटरको ५४ बर्षको उमेरमा निधन भएको हो ।

    सन् २००९ मा रिलिज चलचित्र ‘ह्यारी पोर्टर’ चलचित्र विश्व सिने जगतको चर्चित चलचित्र हो । ब्रिटिस अभिनेता रिटरले सो चलचित्रमा विजर्ड एल्डरेड बोर्पलेको भूमिका निर्वाह गरेका थिए । जुन भूमिकालाई दर्शकले अत्याधिक रुचाएका थिए ।

    पछिल्लो समय उनको बिरामीका कारण उनका चलचित्रहरु आउन सकेका थिएनन् । डिसेम्बर २०, १९६६ मा ग्रेवसेण्ड केंटमा जन्मिएका रिटरलेसन् २००८ मा रिलिज जेम्स बोण्ड फिल्म ‘क्वेन्टम अफ सोलस’मा समेत अभिनय रहेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!