अमेरिकी राज्य मिजुरीले कोरोना भाईसर फैलाएको आरोपमा चिन बिरुद्ध मुद्धा हाल्ने तयारी गरेको छ । चिनले नियतबस कोरोना भाईरस फैलाएको भन्दै मिजुरी राज्यले मानविय र आर्थिक क्षतीको क्षतिपुर्ती माग सहित चिन सरकार सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको हो ।
मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटका अनुसार यस मुद्धामा अमेरिकामा ठुलो मानविय क्षति हुनुका साथै उनिहरले पाएको दुख र देशको अर्थतन्त्रमा आएको ठुलो गीरावटको क्षतिपुर्ती माग गरिएको छ । जसमा चिन सरकारले कोरोनाको जोखिम र संक्रमणबार गलत जानकारी दिएको, सुचना दिन खेज्नेहरुलाई बोल्न नदिएको र यस रोग रोकथामका लागि यथेष्ट काम नगरेको उल्लेख छ ।
महान्यायाधिवक्ता स्च्मिटका अनुसार यो मुद्धा ऐतिहासिक भएको तर अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुनेछ ।
प्रतिक्रिया