US Khabar
  • एनसीसी अमेरिका नेतृत्व प्रत्यासी सुवेदीको लस भेगसको अन्तरक्रिया पनि सफलता पूर्वक सम्पन्न

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    एनसीसी अमेरिका नेतृत्व प्रत्यासी सुवेदीको लस भेगसको अन्तरक्रिया पनि सफलता पूर्वक सम्पन्न

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष प्रत्यासी बुद्धी सागर सुवेदीले लस भेगसमा आफ्ना मतदाता, आशन्न निर्वाचनका उमेद्वार, सामाजिक अभियन्ता तथा संचाकर्मीसंग भेटघाट गरेका छन् । औपचारिक उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा निस्केका उनि शुक्रबार विस्किन्सिनबाट लस भेगस पुगेर अन्तरक्रिया तथा भेटघाट गरेका हुन् ।

    एनआरएनए पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रम शुक्रबार माउण्ट एभरेष्ट ईन्डियन कु्रजिम ३६४१ वेस्ट साहारा एभिन्यू लस भेगस नेभाडा ८८१०२ मा शुक्रवार साँझ ७:३० बाट सुरु भएर ९:३० बजे समापन भएको थियो ।

    साहित्यकार तथा बर्तमान एनसीसी अमेरिका उपाध्यक्ष सर्बज्ञ वाग्लेको शुभकामना सन्देशबाट सुरु भएको यस कार्यक्रममा वाग्लेले उपस्थित र प्रत्यासी सुवेदी सबैलाई स्वागत र शुभकामना ब्यक्त गर्दै मातृभूमि नेपालको बर्तमान अवस्था कविता मार्फत देखाएका थिए । साथै उनले यस अवस्थाप्रति सबै प्रवासी तथा अमेरिकाबासी नेपालीको मर्तब्य समेत महशुष गराउँदै एनआरएनए अमेरिकाका अभियन्ता र उमेद्वारलाई पारदर्शी एनआरएनएको आवश्यकता समेत औंल्याएका थिए ।

    नेपालमा जन्मिएका सबैसंग भगवानको शक्ती भएकोले गलत कर्म नेपालीलाई नसुहाउने तर्क सहित एनआरएनए र भावि पुस्तासंगको सम्बन्धको महत्वमाथप् पनि जोड दिएका थिए ।

    प्रत्यासी सुवेदीले आफु सामान्य किशान परिवारमा जन्मिएर संघर्ष गर्दै आजको अवस्था सम्म आएका दिनहरुलाई स्मरण गर्दै, ग्याँस स्टेसनको कामदेखी च्याप्टर हुँदै एनसीसी अध्यक्ष पदको प्रत्यासी सम्मका अनुभव, संघर्षपछिको आजको जीवनबारे बताउँदै आशन्न निर्वाचन लक्षित बलिया प्रतिवद्धता,उदेश्य, योजना लगायतका कुराहरुमाथी प्रकाश पारेका थिए ।

    एनआरएनए युथ कोअर्डिनेटर बिनोद रुवाली, क्यालिफोर्निया च्याप्टर सभापती सुरेन्द्र मल्ल, आशन्न निर्वाचनका उमेद्वारहरु आईसीसी सदस्य उमेद्वार बिन्दु निरौला सापकोटा, एनसीसी उपाध्यक्ष उदे्वार पूर्ण चन्द्र बानिया, एनसीसी वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारका रुपमा देखिैंदै गरेका बि आर लामा, एनसीसी उपाध्यक्ष उमेद्वार गोपेन्द्र राज भट्टराई,एनसीसी महिला उपाध्यक्ष उमेद्वार दिक्षा बस्नेत,एनसीसी महिला संयोजक उमेद्वार सुनिता खत्रि, एनसीसी बोर्ड अफ डाईरेक्टर पद उमेद्वार सन्तोष पहारी, एनआरएनए मिडिया एण्ड पब्लिकेशन कमिटीका को चियर तथा यूएस खबर तथा एनआरएनए टुडे अनलाईन पत्रिकाका संचालक संचारकर्मी किशन रेगमी लगायतको उपस्थिती रहेको यस अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उपस्थित सबैले प्रत्यासी बुद्धी सागर सुवेदीलाई जितका लागि शुभकामना दिएका थिए भने सुवेदीले कार्यक्रममा सहभागी सबैका सुझाव संकलन तथा उपस्थित उमेद्वारलाई पनि बिजयी यात्राको शुभकामना दिएका थिए ।

    न्यूयोर्कको नेपाली मन्दिरबाट आफ्नो चुनावी अभियान सुरु गरेर यतिबेला चुनावी सिलसिलामा अहिले अमेरिकाको विभिन्न राज्यहरु भ्रमणका क्रममा रहेका उनले यस अघि मिसिगनमा सोही प्रकारको कार्यक्रम मार्फत सुझाव संकलन गरेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!