US Khabar
  • एनसीसी अमेरिकाको बिशेष अधिवेशन माग गर्दै अध्यक्ष प्रत्यासी केसीद्वारा वक्तब्य जारी

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    एनसीसी अमेरिकाको बिशेष अधिवेशन माग गर्दै अध्यक्ष प्रत्यासी केसीद्वारा वक्तब्य जारी

    गैर आवासिय नेपाली सघं एनआरएनए अमेरिकाको आशन्न निर्वाचनका एनसीसी अध्यक्ष तिलक केसीले एनसीसी अमेरिकाको बिशेष अधिवेशन माग गरेका छन् । केसीले प्रेश वक्तब्य जारी गर्दै एनसीसी अमेरिकाको बिशेष अधिवेशन आव्हन गरि सम्पुर्ण समस्या हल गरेर मात्र चुनावमा जाने वातावरण सृजनाका लागि माग गरेका हुन् ।

    प्रत्यासी केसीले यतिबेला एनसीसीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र आइसीसीले पठाएको पत्रको सेरोफेरोमा बिभिन्न क्रिया प्रतिकृया उत्पन्न भएकोप्रति ध्यानाकर्षण गराउँदै आइसीसीले गठन गरेको सदस्यता छानविन समितिले काम नसक्दै र आइसीसीको विशेष अधिवेशनले संसोधन गरि परराष्ट्र मन्त्रालयले प्रमाणित गरेको विधानलाइ एनसीसी अमेरिकाले पुर्ण वेवास्ता गरि अघि बढ्न खोज्दाको परिणाम स्वरुप एक नेपाली र अर्को नेपाली तथा मतदाता र उमेद्वार बिच फाटो आउन सक्नेप्रति पनि संस्था सचेत रहनु पर्ने भन्दै यस बिषयले निम्त्याउन सक्ने दिर्घकालिन समस्यालाई ध्यानमा राखी बिशेष अधिवेशन आव्हन गरि यस पटकको निर्वाचन पारदर्शी, निस्पक्ष र सबैको उल्लासपूर्ण सहभागीतामुलक बनाउन पर्नेमा जोड दिएका छन् ।

    एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डाइरेक्टर तथा आसन्न चुनावमा अध्यक्ष प्रत्यासी रहेका केसीले आइसीसीले समेत पत्रमार्फत सचेत गराइ सकेको अवस्थामा बिशेष अधिवेशन मार्फत यी तमाम बिषयको सम्बोधन गरेर मात्र चुनावमा जानु नै आजको उत्तम विकल्प भएको बताएका छन् ।

    यस्तो छ एनसीसी अमेरिका अध्यक्ष प्रत्यासी केसीद्वारा जारी वक्तब्यको पूर्ण पाठ

    एनसीसी अमेरिकाको बिशेष अधिवेशन माग 

    आदरणीय अमेरिकाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुः

    हामी सबैको आस्था र भरोसाको केन्द्र एनआरएनए अमेरिका अहिले निर्वाचनको संघारमा छ । विभिन्न पदका आकांक्षीहरु मैदानमा आएका छौँ जुन संस्थाको जीवनमा अन्यन्त महत्वपुर्ण र संवेदनशिल अवस्था हो । यतिवेला हामीले थप सजगता र सावधानीका साथ अघि बढ्न सकेनौँ भने सँस्थाको छवि क्षणभरमै धुमिल हुनसक्छ ।

    अहिले मुख्य गरि, एनसीसीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र आइसीसीले पठाएको पत्रको सेरोफेरोमा बिभिन्न क्रिया प्रतिकृया उत्पन्न भएको छ । आइसीसीले गठन गरेको सदस्यता छानविन समितिले काम नसक्दै र आइसीसीको विशेष अधिवेशनले संसोधन गरि परराष्ट्र मन्त्रालयले प्रमाणित गरेको विधानलाइ एनसीसी अमेरिकाले पुर्णवेवास्ता गरि अधि बढ्न खोज्दा जुन परिदृष्य देखा परेको छ यसले आइसीसी र हामीबिचमा कानूनी तथा व्यवहारिक रुपमा कायम रहेको स्वस्थ्य सम्बन्धमा नकरात्मक असर पर्ने मात्र हैन, संस्थाको बैधतामै प्रस्न उठ्न सक्छ । मैले कार्यसमितिको बैठकमा आइसीसीको विधानसंग बाझिने गरि अधि बढ्नु हुन्न भनेर पटक पटक आवाज उठाउदै आएको हुँ ।

    आइसीसीको पारित बिधानसंग समायोजन गर्न एनसीसीको बिशेष साधारणसभा बोलाउन समेत आग्रह गरेको थिएँ तर सुनुवाइ भएन । अहिले प्रक्रिया पुरागरेर बिशेष साधारणसभाको समेत माग भैसकेको छ तर बिशेष साधारणसभाको मिति तोक्न आनाकानी भैरहेको छ।आइसीसीले समेत पत्रमार्फत सचेत गराइ सकेको अवस्थामा बिशेष अधिवेशन मार्फत यी तमाम बिषयको सम्बोधन गरेर मात्र चुनावमा जानु नै आजको उत्तम विकल्प हो । आइसीसी हाम्रो मातृ संस्था हो यसको खिलाफमा हामी कदापी जान सक्दैनौँ ।

    एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डाइरेक्टर तथा आसन्न चुनावमा अध्यक्षको प्रत्यासीको हैसीयतले म एनसीसी अमेरिकाको बिशेष अधिवेशन आव्हन गरि सम्पुर्ण समस्या हल गरेर मात्र चुनावमा जाने वातावरण बनाउन हार्दिक अनुरोध गर्दैछु ।

    तिलक केसी
    बोर्ड अफ डाइरेक्टर, एनआरएनए एनसीसी अमेरिका
    तथा आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी ।
    अप्रिल ११, २०२१

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!