US Khabar
  • हरीद्वारबाट पूर्वराजा ज्ञानेन्द्रले सम्झिए महाकवि देवकोटा र उनको ‘के नेपाल सानो छ’ निवन्ध

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    हरीद्वारबाट पूर्वराजा ज्ञानेन्द्रले सम्झिए महाकवि देवकोटा र उनको ‘के नेपाल सानो छ’ निवन्ध

    भारतको निमन्त्रणमा हरिद्वार पुगेका पूर्व राजा ज्ञानेन्द्रले महाकवि लक्ष्मी प्रसाद देवकोटा र उनको के नेपाल सानो छ निवन्धलाई स्मरण गरेका छन् । नेपालका राजाकै हैसियतमा भारतको हरिद्वारमा निम्त्याइएका पूर्वराजा शाहले बाल्यकालमा आफुले पढेको महाकवि देवकोटाको के नेपाल सानो छ शिर्षकको निवन्धलाई स्मरण गर्दै देवकोटाले चिन्ता ब्यक्त गरेकै कुरा आज देशले भोगिरहन परेकोमा दुख ब्यक्त गरेका हुन् ।

    सो निवन्ध उल्लेख भए झैं बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणको प्रतक्ष्य प्रभाव आजको समयमा देखिएकोप्रति चिन्ता ब्यक्त गर्दै पूर्विय दर्शन, हाम्रो धर्म र सनातन सस्कारमा ह्रास आएको बर्तमान अवस्थाप्रति दुख समेत ब्यक्त गरेका छन् ।

    हरिद्वारमा आयोजित कुम्भ मेलालाई सम्बोधन गर्दै उनले नेपाल भारतबिचको धार्मिक सहिष्णुता र यसको महत्व उल्लेख गर्दै नेपाल र नेपाली धर्म, संस्कृती र त्यसको महत्वमाथी केन्द्रित उनको संबोधनमा हिन्दु सभ्यता, हिन्दुत्व, सनातनिक आर्य संस्कृति, वेद उपनिसद् पुराण जस्ता महत्वपूर्ण धार्मिक ग्रन्थको महत्व र यसबाट नेपाल र नेपालीमा पार्ने सकारात्मक प्रभावबारे पनि उनको  उल्लेख गरेका छन् ।

    वक्तब्यको पूर्ण पाठ

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!