US Khabar
  • डा बन्जाडेको क्यालिफोर्निया अन्तक्रिया उत्साहजनक उपस्थितीका बिच सम्पन्न

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    डा बन्जाडेको क्यालिफोर्निया अन्तक्रिया उत्साहजनक उपस्थितीका बिच सम्पन्न

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचनका एनसीसी अध्यक्ष प्रत्यासी डा. अर्जुन बन्जाडेको क्यालिफोर्नियामा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । डा. बन्जाडेको चुनावी अभियान अन्तरगतको यस अन्तरक्रिया कार्यक्रम क्यालिफोर्नियाको  Everest Cuisine 2075 E Orangethorpe Ave Placentia मा मतदाता, सामाजिक संघसंस्थाका सामाजिककर्मी, यस निर्वाचनका उमेद्वार, एनसीसी तथा च्याप्टर लगायतका पूर्व पदाधिकारी, बर्तमान कार्यसमिती पदाधिकारी तथा सदस्य र संचारकर्मीको वाक्लो उपस्थितीका बिच आईतबार सम्पन्न भएको हो ।

    आईतबार साँझ ७ बजे सुरु भएको कार्यक्रममा एनसीसी अध्यक्ष प्रत्यासी तथा बतर्मान बरिष्ठ उपाध्यक्ष डा. बन्जाडेले आफ्नो एनआरएनए आवद्धताको उदेश्य, बर्तमान कार्यसमितीमा रहँदाका जिम्मेवारी र अवको निर्वाचनलाई लिएर उनका प्रतिवद्धता, योजना र संकल्पका बारेमा बताएका थिए ।

    क्यालिफोर्निया च्याप्टर अध्यक्ष रोषन अधिकारीको सभापत्वि रहेको कार्यक्रममा एनसीसी बर्तमान सल्लाहकार सतेन्द्र शाह, महिला कोअर्डिनेटर दिक्षा बस्नेत, नेपाल सरकारका अबैधानिक महावाणिज्यदुत ऋषि ढकाल, आईटी ईन्जिनियर निपेन्द्र धिताल हेल्प डेक्सका चियर नारायण पोखरेल,उपाध्यक्षका प्रत्यासी सुमन थापा , बर्तमान आईसीसी सदस्य स्वराज खाती महिला टाक्स पोर्समा रहेर काम गरेकी श्रद्धा अधिकारी, सुनिता खत्री, क्यालिफोर्निया च्याप्टर च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बानियाँ, न्यूयोर्क च्याप्टर अध्यक्ष शिव बानियाँ, सुनिता कणेंल, मुकुन्द्र ढुंगाना,त्रिभुवन पाण्डे लगायतले एनआरएनए र आफ्नो आवद्धताको उदेश्य र परिकल्पना सहित आसन्न निर्वाचनका मतदाताले आ आफ्ना प्रतिवद्धता ब्यक्त गरेका थिए ।

    यतिबेला एनआरएनए अमेरिकाको अधिकांश निर्वाचन संवद्ध समाचार सामग्री तयार पार्दै आएको यूएस खबरका संचारकर्मी तथा एनआरएनए अमेरिकाका मिडिया एण्ड पब्लिकेशन टिमका को चियर किशन रेग्मीको पनि चुनावी रिपोर्टिगंका क्रममा टेक्सासबाट यि दुवै कार्यक्रममा सहभागी थिए ।

    उनि स्वयंपनि मतदाता रहेकाले उपस्थित अन्यहरुले झैं उनले पनि मिडिया र मतदाताको प्रतिनिधित्व प्रश्नका रुपमा प्रत्यासी बन्जाडेलाई ३ वटा प्रश्न राखेका थिए । जसमा यतिबेला चर्चा र विवादको बिषय बनिरहेको २०९३ विवाद, निर्वाचन तालिका सार्वजनिकप्रति डा. बन्जाडेको धारणा, तोकिएको समयमा नै निर्वाचन हुने नहुनेबारे स्पष्टता रहेका थिए भने एनसीसी र आईसीसीको झगडा, सिस्टम र संस्थागत कमजोरी, प्रतिवद्धताप्रतिको जनगुनासो लगायतका बिषयमा उपस्थितहरुले प्रश्न राख्नुका साथै प्रत्यासी बन्जाडेको बिजयी यात्राका लागि शुभकामना दिएका थिए ।

    यस अघिका चुनावी कार्यक्रमको तुलनामा डा. बन्जाडेको यस कार्यक्रम उत्साहजन पनि देखिन्थ्यो । बन्जाडेको छोटो मन्तब्य पछि सुरु भएको यस कार्यक्रमले उपस्थित धेरैका बिचारलाई समेट्न पनि सकेको थियो । जसमा धेरै उमेद्वार, प्रतिनिधी संचारकर्मी, मतदाता लगायतले मन्तब्य तथा प्रश्न राखेका थिए ।

    टेक्सासको नेपाली मन्दिरबाट औपचारिक उमेद्वारी घोषण गरेर चुनावी अभियनमा निस्केका बन्जाडे बलियो संभावना भएका नेतृत्व प्रत्यासी हुन् । अघिल्लो निर्वाचनमा नै सकारात्मक परिचय स्थापित गरेका उनि बर्तमान एनसीसी वरिष्ठ उपाध्यक्ष हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!