US Khabar
  • जनसवाल मिडियाले सुरु गरेको ‘जनतासंग जनप्रतिनिधी’टेलिभिजन कार्यक्रमको आवश्यकता र महत्व

    - Admin | २ महिना पहिले प्रकाशित

    जनसवाल मिडियाले सुरु गरेको ‘जनतासंग जनप्रतिनिधी’टेलिभिजन कार्यक्रमको आवश्यकता र महत्व

    सुष्मा देवकोटा

    नेपाली नयाँ बर्षका दिनबाट जनसवाल मिडियाले एउटा समाज विकासको अवधारणामुलक टेलिभिजन कार्यक्रम सुरु गर्ने भएको छ । ‘जनतासंग जन प्रतिनिधी‘ नामक यस कार्यक्रम निर्वाचित जनप्रतिनिधी र सो क्षेत्रका जनताबिच प्रत्यक्ष साक्षात्कार गराएर प्रतिनिधीमूलक समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने उदेश्यले प्रसारण पूर्व एक औपचारिक कार्यक्रम राखी प्रोमो सार्वजनिक गरिएको हो ।

    पूर्व–गृहराज्यमन्त्री तथा रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथि जाजरकोटबाट नेपाली कांग्रेसका संविधान सभा सदस्य तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह, रामेछाप क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका संविधान सभा सदस्य तारानारायण श्रेष्ठ, नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिना लगायत जनप्रतिनिधीले अतिथी वक्ताका रुपमा देश र समाजप्रति जनप्रतिनिधीको दाहित्व, अलमलिएका समाधानका मार्ग र लिनुपर्ने ठोस निर्णय जस्ता महत्वपूर्ण बिषयमाथी आ आफ्ना धारण राखेका थिए । साथै उनिहरुले कार्यक्रमको सफलताको लागि जनसवाल मिडियालाई शुभकामना र बधाई पनि दिएका छन् ।

    काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रोमोले कार्यक्रमको सम्पूर्ण उदेश्य समेट्न सम्भव नभएकाले उपस्थित अतिथी वक्ता र कार्यक्रमका सभापति जनसवाल मिडिया प्रालिका सञ्चालक अध्यक्ष भुपेन्द्रबहादुर भण्डारी लगायत वक्ताले यस कार्यक्रमबारे प्रकाश पारेका थिए ।

    कार्यक्रमका वक्ताहरुले यस कार्यक्रमले जनता संग निर्वाचित नजप्रतिनीधीको साक्षात्कार गराउने यस कार्यक्रमले आफु निर्वाचित क्षेत्रका जनताको अवस्था र थप विकासका कार्यक्रममा सहयोग पुग्ने बताउँदै यसले आपसी दुरीलाई मेटेर हामी एकै परिवार हौं र सबैले मिलेर आ आफ्नो तर्फवाट समाज बिकास गर्नुपर्छ भन्ने सन्देश पनि प्रवाह गर्ने बताउनुका साथै पत्रकारिता पेसा र यसका मर्यादा साथै ब्यक्ती, समाज र देशको अवस्था परिवर्तनका लागि खेल्नु पर्ने भूमिकाको महत्वमाथी बोलेका थिए ।

    बक्ता जनप्रतिनिधीहरुले जनतासंग जनप्रतिनिधी शैलीका कार्यक्रम देशका सुगम देखी दुर्गम क्षेत्रसम्म पनि संचालन र प्रसारण हुन सके सिंगो नेपाली समाजमा सचेतना प्रवाह हुनुका साथै देश सचेत, सवल र सक्षम मार्गमा अघि बढ्ने र यसका लागि आफुहरु संधै प्रतिवद्ध रहेको बताएका छन् ।

    कार्यक्रमका सभापति जनसवाल मिडिया प्रालिका सञ्चालक अध्यक्ष भुपेन्द्रबहादुर भण्डारीले जनप्रतिनिधि भनेको नगर र गाउपालिकका प्रमुख तथा उप–प्रमुखहरु मात्र नभई समाजमा प्रतिनिधिमूलक काम गर्न नेतृत्व लिने सबै जनताका प्रतिनिधि भएको बताउँदै उनिहरु ज्नताका समस्या थाहा पाउन उनिहरुकै माझमा जानुपर्छ र अविभावकको हैसियतमा समस्याको समाधान गर्नुपर्छ तव मात्र सबै नेपाली समाज समग्र विकासमा अघि बढ्न सक्ने स्पस्ष्ट धारणा राखेका थिए ।

    नेपाली राजनिती, साहित्य र पत्रकारिता क्षेत्रका ब्यक्तीहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रममा विश्वराज कणेंलको उपन्यास विर्षजनको पनि लोकापर्ण गरिएको थियो । जन सवाल मिडियाकै प्रकाशनमा पाठक समक्ष आएको यसै प्रेम कहानीमा आधारित उपन्यास मार्फत कणेंलको नेपाली साहित्य क्षेत्रमा औपचारिक प्रवेश भएको छ ।

    नेपाली संचारक्षेत्रमा बिभिन्न मिडिया मार्फत यस प्रकारका कार्यक्रम हुँदै आएका भएपनि त्यसको प्रभाव सोही समयका लागि मात्र देखिदैं आएका उदाहरण धेरै छन् । भौगोलिक बिविधता रहेका कयौं ग्रामिण भेग तथा दुर्गम बस्तीका जनतालाई आफुले निर्वाचित गरेको जनप्रतिनिधीको अनुहार कस्तो छ समेत थाहा छैन भने उनिहरुले भोगेका समस्या समाधानको आसा त परको कुरा । यहाँका धेरै कार्यक्रम समाज केन्द्रित हुने गर्दछन् । तर समाजमा रहेका व्यक्तीको अवस्था पनि जनप्रतिनिधीको दाहित्व भित्र पर्दछ । प्राय कार्यक्रममा समाजका बोल्न जान्ने, पढे लेखेका ब्यक्तीहरुको वाहुल्यता देखिन्छ तर खाषमा नेपाली समाज सुधारका लागि त्यो समाजका कमजोर ब्यक्तीको प्रतिनिधित्व र आवाज यस्ता संचार सामग्रीले समेट्न सके कार्यक्रमको उदेश्य अनुरुपको प्रभावकारिता अझ बलियो हुने देखिन्छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!