US Khabar

नेकपाकै केन्द्रीय सदस्यबाट प्रधानमन्त्री ओलीको राजीनामा माग

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेकपाकै केन्द्रीय सदस्यबाट प्रधानमन्त्री ओलीको राजीनामा माग

प्रधानमन्त्रीका पछिल्ला कदम विवादित बन्दै गएपछि नेकपा केन्द्रीय सदस्यले नै आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

केन्द्रीय सदस्य निरज आचार्यले यसअघि आफूले गल्ती गर्दा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको उदाहरणसमेत पेश गरेका छन् । आचार्यले ओलीले पनि राजीनामा दिनुपर्ने आशयको स्टाटस लेखेका छन् ।

अध्यादेश फिर्तापछि पार्टीभित्र र बाहिर प्रधानमन्त्रीको राजीनामाको आवाज उठेको छ । आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ६४ को संविधान सभामा आफ्नोदल पराजीत भएर तेस्रो स्थानमा पुगेपछि नैतिकता का आधारमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाले पदवाट राजिनामा दिइएको र वर्तमान सरकारको मन्त्री परिषदका सदस्यहरु शेरबहादुर तामाङ र गोकुल वास्कोटाले फरक फरक समय र फरक विषयमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीननमा गरेका उदारणहरु छन्।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!