US Khabar

कोरोना नियन्त्रण सम्बन्धमा NRNA संरक्षक जीबा लामिछानेसंगको नेजा बहस सम्पन्न (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना नियन्त्रण सम्बन्धमा NRNA संरक्षक जीबा लामिछानेसंगको नेजा बहस सम्पन्न (भिडियो)

बिनासकारी महामारी कोभिड १९ नियन्त्रण बिषयक बहस सम्पन्न भएको छ । नेपाल अमेरिका प्रत्रकार संघ नेजाको आयोजना हिजो अर्थात अप्रिल २५ का दिन गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेको साथमा ‘कोरोना नियन्त्रणमा जर्मनी मोडल’ बिषयक बहस सम्पन्न भएको हो ।

नेजा महासचिव किरण मरहठ्ठाको साथमा संचालित यस कार्यक्रममा संरक्षक लामिछानेसंग जर्मनमा कसरी कोरोना नियन्त्रण भएको थियो र त्यसलाई अमेरिका र संसारभर कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेबारे अन्तरकृया भएको थियो ।

कार्यक्रममा ‘कसरि सम्भव भयो – संसारमै सबैभन्दा उच्च रिकभरी र न्यून मृत्युदर ?’ शिर्षकमा रहेर बहस भएको थियो जसमा पत्रकार मरहठ्ठाका प्रश्नहरुमाथी संरक्षक लामिछाने कोरोना नियन्त्रमा जर्मनीको सफलता, त्यहाँको सरकार र जनताबिचको समन्वयता, सावधानीका उपाय, गैर आवासिय नेपाली संघको महत्व र दायित्व लगायतका बिषयमा जानकारी दिएका थिए ।

फेसबुक लाईभमा रहेर गरिएको यस बहसमा लामिछानेले जर्मन सरकारले कोभिड १९ का लागि अवनायको सुरक्षित र सावधान तरिकाले छोटो समयमा नै कसरी यस महामारी नियन्त्रणमा आयो र यसलाई कसरी अमेरिका र नेपालमा अवलम्वन गर्न सकिन्छ भन्नेबारे आफ्ना धारणा राखेको थिए ।

उनका अनुसार जर्मनीमा होटल, ब्यवसायहरु बन्द रहेका भएपनि जनताका लागि दैनिक उपभोग्य सामग्री र स्वास्थ्य संस्थाहरुका हकमा सहजता रहेको छ । १६ मार्चबाट लकडाउनको पालना गर्दै आएको जर्मनले सुरुकै दिनबाट जर्मन संगी सिमा जोडिएका स्वईजरल्याण्ड फ्रान्स अष्ट्रिया लगायतका देशहरुको आवतजावतलाई नियन्त्रण गर्नुका जनताको स्वस्थ्य सुरक्षमा सरकारले देखाएको तत्परता उदाहरणिय रहेको छ ।

जर्मनीमा रहेका १६ वटा स्टेट मध्य २ वटा स्टेटले पूर्ण रुपमा लकडाउन गरेर संक्रमण नियन्त्रण गरेको थियो भने बाँकी १४ वटा स्टेटले उच्च सावधानी अपनाएको थियो । जस अनुसार जर्मन सरकारले आफ्ना नागरिककलाई कसरी सुरक्षीत राख्ने भनेर गरेको ब्यापक तयारी र नागरिकहरुले पनि राज्यले भनेको कुरालाई अनुसाशनका साथ पालना गर्दै आएका कारण भयावह अवस्था छोटो समयमा नै नियन्त्रण हुँदै भएको देखिन्छ ।

लामिछानेले अमेरिका बेलायत लगायत देशमा कोरोनाका कारण भएको नेपालीहरुको मृत्युमा दुख ब्यक्त गर्दै संक्रमित नेपालीका लागि एनआरएनए साथै बिभिन्न सामाजिक संघ संस्थाले यथासक्य सहयोग गरकाले बिपतको यस अवस्थामा बिरोध भन्दा भनि आपसी समन्वयमा कसरी नेपालीहरुलाई संक्रमण र मृत्युबाट जोगाउन सकिन्छ र उनिहरुको दैनिक जीवनलाई सहज बनाउन सकिन्छ भन्नेबारे सोचिदिनका लागि अनुरोध पनि गरेका छन् ।

नेपाल फर्कन चाहने नेपालीलाई स्वदेश फिर्ता गर्ने सन्धर्वमा भने उनले नेपाल फर्कन पाउने सबै नेपालीको अधिकार भएपनि राज्यको संयन्त्र र स्वास्थ्य अवस्थालाई हेरी यसबारे भावनात्मक रुपमा मात्र भन्दा पनि संयमित भएर बिचार बिमर्ष गर्नु पर्ने बताउँदै भोलीको अवस्थामा नेपाल सरकारले उनिहरुको स्वास्थ्य सुरक्षालाई भरपर्दो रुपमा सुविधा दिन सकेन भने यो महामारीले झन् बिकराल रुप लिन सक्ने आशंका समेत ब्यक्त गरेका छन् ।

लामिछाने विश्वमा अझै पनि मानवता नमरिसकेकाले प्रवासमा रहेका नेपालीहरु हतोत्सायी नभई धैर्यताका साथ त्यहाँको सरकारले लागु गरेका सुरक्षित नियमहरु पलना गर्न अनुरोध गर्दै एनआरएनएले पनि सहयोग संकलन अभियान सुरु गरेकाले नेपालीहरुको दैनिक जीवन र स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी काम गर्न सबै साथीहरु र नेपाली संघ संस्थाहरुलाई अनुरोध पनि गरेका छन् ।

साहित्यिक र ब्यवसायिक पृष्ठभुमिका जीवा लामिछाने एनआरएनएका संस्थापक सदस्य हुँदै सन् २०११-०१३ का लागि अध्यक्षको सफल कार्यकाल सम्हालेका ब्यक्ती हुन् । हाल संघको संरक्षक रहेका लामिछाने सन् २०११-०१३ मा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकार परिषद् सदस्य रहेका थिए भने सन् २०१८ बाट प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आर्थिक सल्लाहकार परिषद सदस्यका रुपमा समेत काम गर्दै आएका छन् ।

Posted by Neaja America on Saturday, April 25, 2020

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!