US Khabar

सांसद अपहण बिबादमा मुछिएका पूर्व आईजिपि सर्वेन्द्र खनाल संग exclusive अन्तरवार्ता (भिडियो सहित)

- Admin | २ वर्ष पहिले प्रकाशित

सांसद अपहण बिबादमा मुछिएका पूर्व आईजिपि सर्वेन्द्र खनाल संग exclusive अन्तरवार्ता (भिडियो सहित)

तत्कालीन समाजबादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव अपहरण बिबादमा मुछिएका पूर्व प्रहरी निरिक्षक सर्बेन्द्र खनालले नियतबस आफुलाई झुटो आरोप लगाएको अभिब्यक्ती दिएका छन् । सांसद यादव अपहरणको विवादमा सबैभन्दा बढि आलोचित बनेका खनालले अमेरिकामा रहेका पत्रकार सुर्य थापासंग सो दिनको घटना बिबरण सहित भिडियो अन्तरवार्ता दिदैं आफुलाई झुटो आरोप सहित दोषी देखाईएको प्रति दुख ब्यक्त गरेका हुन् ।

नेपाल प्रहरीको ३० बर्षिय सेवा अवधीमा लोकप्रिय छवि बनाएका खनाल सेवा निवृत्त भएको केही समयमा नै सांसद अपहरणमा जस्तो संवेदनशिल अपराधमा मुछिएपछि उनिमाथी बिभिन्न प्रकारका आलोचना हुँदै आएका छन् । यता उनले हिजो अमेरिकाबाट संञ्चालित अनलाईन पत्रिकाहरुका लागि दिएको भिडियो अन्तरवार्तामा भने किन आफुलाई यस प्रकारको आरोप लगाईयो भन्ने कुराले स्वयं आश्चर्यमा परेको बताएका छन् ।

खनालले सो दिनको सांसद यादवसंगको भेट देखी उनीसंग छुट्दा सम्मको समयमा यस प्रकारको विवादको कल्पना समेत गर्ने अवस्था नरहेको बताउँदै महोत्तरी स्थित साँसद यादवकै घरमा गएर खाना खाएर काभ्रेसम्म हाँसीखुसी आएको घटनालाई सविस्तार बताएका छन् । खनालका अनुसार अपहरण भनेर आलोचना भनिएको यस घटनाका मुख्य पात्र साँसद यादवसंग भेट्ने कुनै पुर्व योजना नरहेको र तनहुँका नेकपा साँसद किसान श्रेष्ठसंगको टेलिफोन बार्तामा सासंदले भक्तपुरबाट जिल्ला बाहिर जानेहरुलाई सहयोग गरौं भनेपछि सामाजिक सेवा भावले भक्तपुर आएको बताएका छन् । भक्तपुर पुगेर घर फर्कने योजनामा रहेका खनाल र साँसद श्रेष्ठबिच जनकपुर जानेबारे पहिले कुनै सल्लाह नभएको तर बानेश्वरमा आएपछि भेटघाट र का लागि जनकपुर जाने प्रस्ताव स्वकारेर आफुहरु जनकपुर पुगेको बताएका छन् ।

जनकपुरको होटल आइवेमा बसेका उनिहरु भोलीपल्ट बिहान साँसद यादवको घरमा उनकै आग्रहलाई मानेर गएका थिए । उनि भने जनकपुरबाट उहाँको गाउँ महोत्तरी धेरै टाढा होईन, राती होटेल बसेउँ, बिहान उहाँकै घरमा चिया नास्ता खाएउँ, खाना पनि खाउँ भन्नु भयो, एकदमै सौहार्द बातावरण थियो, मैले त यो भेट यस्तो नकारात्मक रुपमा बाहिर आउला भन्ने नै सोचेकै थिईन । कसरी सोच्नु सबै परिवारले हार्दिकता पूर्वक खाना बनाएर खुवाउनु भयो । पारिवारिक चिनजान भयो, उहाँका छोरीहरु डक्टर रहेछन् । अत्यन्त सौहार्दता पूर्वक भेटेर सांसद यादव संगै जनकपुर फर्किएका हौं हामी ।

उनिहरु बिच सो दिनका २ वटा भेटमा आफुलाई बाहिर राखेर गोप्य भेटघाट गरिएको समेत खनालले बताएका छन् । यस बारेमा उनि भन्छन् राजनितीक कुरा भएकाले तपाँई बाहिरै बस्नुस हाम्रो केही कुरा छ भन्नु भयो, म चालक भाईसंग बाहिरै बसें, जनकपुर चौकीछेउमै बसिरहें डेड घण्टा । लामो समय कुर्नु परेपछि म आफैंलाई नराम्रो फिल पनि भएको हो ।

यस्तो थियो सो दिनको काठमाडौं देखी जनकपुर र महोत्तरी देखी सिन्धुली हुँदै काभ्रेसम्म यात्रा र भेटघाट भिडियो

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!