US Khabar
  • पत्रकार महासंघ दाङ्ग शाखाद्वारा महासंघमै आइसोलेसन सञ्चालन-अमेरिकाबाट गो फण्ड संचालन

    - Admin | १ महिना पहिले प्रकाशित

    पत्रकार महासंघ दाङ्ग शाखाद्वारा महासंघमै आइसोलेसन सञ्चालन-अमेरिकाबाट गो फण्ड संचालन

    यतिबेला कोभिड पेण्डामिकको चरम सन्त्रास र मानविय क्षती बेहोरिरहेको नेपालका पत्रकारको स्वास्थ्य सुरक्षार्थ पत्रकार महासंघ दाङ्ग शाखाले महासंघमै आइसोलेसन सञ्चालन गरेको छ । कोरोना महामारीको जोखिममा पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरु /  पत्रकारहरुको सहयोगार्थ महासंघको दाङ्ग शाखाले सहयोग संकलन तथा बितरण शैलीमा आइसोलेसन सञ्चालन गरेको हो ।

    पत्रकार महासंघ दाङ्ग शाखाका अध्यक्ष दुर्गालाल केसीले यस बारेमा सार्वजनिक गरेको वक्तब्यमा उल्लेख भए अनुसार पत्रकारहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि उनिहरुको स्वास्थ्य सुरक्षा र समस्या समाधानप्रति गम्भिर बन्दै दाङ्ग शाखाले यस प्रकारको मानविय कर्तव्यको उदाहरण पेस गरेको हो ।

    बिषेशत डेरामा बस्ने पत्रकारहरुलाई साह्रै समस्या भएको बताईएको छ । अस्पतालमा सजिलै बेड नपाईने अवस्था आएपछि त्यसकारण पत्रकारहरुका लागि पत्रकार महासंघमै आइसोलेसन सञ्चालन गरिएको हो । जसका लागि आवश्यक अक्सिजन, बेड, पिपिई लगाएतका सामग्री खरिदका लागि पनि रकमको आवश्यकता रहेकाले सहयोग आदान प्रदानका लागि सबैलाई अपिल पनि गरिएको छ ।

    अध्यक्ष केसीका अनुसार बिस्तारै खानेपानी, खाद्यान्न, औषधि, स्वास्थ्यकर्मी पनि आबश्यक पर्न जाने हुँदा सहयोगका लागि सार्वजनिक आह्वान गरेका गरिएको हो । मातृभूमि नेपालमा रहेका पत्रकारहरु संक्रमित भएर ज्यान गुमाउन पर्ने अवस्था नआवस् भनेर सुरु गरिएको यस अभियानका लागि आजै मात्र अमेरिकाबाट गो फण्ड संचालन गरिएको छ । दाङ्गका पूर्व रेडियोकर्मी तथा हाल अमेरिकाबाट संचालित अनलाईन पत्रिका यूएस खबरका संचालक किशन रेग्मीको पहलमा संचालित गो फण्डबाट संकलित रकम आईसोलेसनका लागि आवश्यक स्वास्थ्य उपचार तथा खाध्य सामग्री खरिद तथा अप्ठ्यारोमा रहेका संचारकर्मीको सहयोगार्थ खर्च गरिने छ ।

    सहयोगको लागि तलको लिंकमा क्लिक गर्नुहोस

    http://gf.me/u/zscws3

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!