US Khabar
  • अध्यक्ष उम्मेदवार केसी बिभिन्न राज्यमा, स्वतन्त्र मतदाताको साथ बढ्दो

    - Admin | १ महिना पहिले प्रकाशित

    अध्यक्ष उम्मेदवार केसी बिभिन्न राज्यमा, स्वतन्त्र मतदाताको साथ बढ्दो

    बोस्टन, एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासी तिलक केसीलाई स्वतन्त्र मतदाताहरुको साथ बढिरहेको पाईएको छ । निर्बाचन प्रचारका लागि बिभिन्न राज्यमा पुगेका केसीलाई स्वतन्त्र र एनआरएनए अमेरिकामा परिवर्तन चाहनेहरुको साथ बढ्दो पाईएको हो ।

    केसी न्यूह्याम्सायर, बोस्टन, कनेक्टीकट, न्यूयोर्क लगायत राज्यको भ्रमणका क्रममा स्वतन्त्र र एनआरएनमा परिवर्तन चाहनेहरुको समर्थन ब्यापक रुपमा पाईएको छ । अध्यक्षका उम्मेदवार केसी सहितको टोलिले न्यूयोर्कमा आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोगं, महासचिव नरेन्द्र थापा लगायतका पदाधिकारीसंग छलफल गरेको थियो भने न्यूह्याम्सायरमा नेपाली समाजका अध्यक्ष सोम गुरुगं स्वागत र एनआरएन अमेरिकाका पुर्व अध्यक्ष शिब राईले शुभकामना दिनु भएको थियो ।

    च्याप्टर अध्यक्ष कमल ढुगांनाले सन्चालन गरेको कार्यक्रममा राम्रो उपस्थिती रहेको थियो । त्यस्तै टोलिले कनेक्टीकटमा स्थानीय अगुवाहरुसंग छलफल गरेको थियो । बोस्टनमा ग्रेटर बोस्टन नेप्लीज कम्युनिटीले आयोजना गरेको कार्यक्रममा प्रेम तामागंको सभापतित्व र संस्थाका महासचिवको सन्चालनमा भएको थियो ।

    आगामी आईतबार न्यूयोर्कमा बिशाल छलफल कार्यक्रम आयोजना गर्न लागेको केसी लगायतका उम्मेदवारहरु बिभिन्न राज्यका स्वतन्त्र र परिवर्तन चाहनेहरुको ब्यापक समर्थन पाए पछि उत्साही बनेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!