US Khabar
  • एनसीसी नेतृत्व पदका उमेद्वार केसीद्वारा कनेक्टीकट,न्यूह्याम्सायर, बोस्टनबासी नेपालीलाई धन्यवाद

    - Admin | १ महिना पहिले प्रकाशित

    एनसीसी नेतृत्व पदका उमेद्वार केसीद्वारा कनेक्टीकट,न्यूह्याम्सायर, बोस्टनबासी नेपालीलाई धन्यवाद

    गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आशन्न निर्वाचनमा नेतृत्व पदका उमेद्वार तिलक केसीले कनेक्टीकट, न्यूह्याम्सायर, बोस्टन लगायत क्षेत्रका नेपालीलाई धन्यवाद ज्ञापन गरेका छन् । यतिबेला आफ्नो चुनावी अभियानमा रहेका केसीले कनेक्टीकट, न्यूह्याम्सायर, बोस्टन लगायतका शहरमा भएका छलफल र भेटघाटमा सहभागी भएर साथ र समर्थन जनाएका आफ्ना मतदाता, एनआरएनए तथा सामाजिक संघ संस्थाका पदाधिकारी, संचारकर्मी लगायतलाई धन्यवाद दिएका हुन् ।

    बर्तमान बोर्ड अफ डाईरेक्टर केसी यस पटकको निर्वाचनका एनसीसी अध्यक्ष पदका उमेद्वार हुन् । ‘एनआरएनए भित्रको सिन्डीकेट तोडौ, नेपाली जोडौं’ भन्ने मुल नारा सहितको अभियानमा रहेका केसीले पछिल्ला कार्यक्रममा उपस्थितको हौसलाको सम्मान गर्दै वक्तब्य सहित आभार ब्यक्त गरेका छन् । उनले पछिल्लो भेटघाट तथा अन्तरक्रियामा सहजिकरणको भूमिका निर्वाह गरेका कृष्ण पाण्डे, हरि जोशी र हवेली रेष्टुरेण्ट परिवार,एनआरएनए न्यूह्याम्सायर च्याप्टर अध्यक्ष डम्बर कडरीया , अध्यक्ष उमेद्वार कमल ढुगांना , नेपाली समाजका अध्यक्ष सोम गुरुगं, एनआरएनए पुर्व अध्यक्ष शिब राई , बोर्ड अफ डाईरेक्टर छत्र गुरुगं , बिश्व ब शाह,बोस्टनमा च्याप्टर अध्यक्ष प्रेम तामांग , राजु गुरूंग लगायतका टिम,ग्रेटर बोस्टका तथा पशुपती नाथ बौद्ध फ़ाउण्डेशनका सदस्य तथा पदाधिकारी साथै आदिवासी जनजाती महासंघका अध्यक्ष लोक चेम्जोंग, महासचिव नरेन्द्र थापा लगायतलाई पनि बिषेश धन्यवाद सहित सम्झेका छन् ।

    एनआरएनए एनसीसी अध्यक्ष पदको दावेदारीमा बलियो संभावना सहित देखिएका तिलक केसी आईतबार चुनाव लक्षित कार्यक्रम सहित आफ्ना मतदाता र समर्थक भेट्न न्यूयोर्क जाँदै छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!