US Khabar

रौतहटका २ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या ५४ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

रौतहटका २ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या ५४ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका दुई पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको हो ।

उपचारका लागि दुवैलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलले बताए ।

अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन्।

देवाही गोहानी नगरपालिकाका वडा नम्बर १ करैनियाका संक्रमित ३५ वर्षीय पुरुष दिल्लीबाट बैशाख ४ गते नेपाल आएका थिए । वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय अर्का पुरुष पनि भारतबाट आएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!