US Khabar

युवा वैज्ञानिक विकल्प ढुंगानाद्वारा दमौली अस्पतालमा पिपिईबिनै स्वाब निकाल्न मिल्ने बुथ निर्माण

- Admin | २ वर्ष पहिले प्रकाशित

युवा वैज्ञानिक विकल्प ढुंगानाद्वारा दमौली अस्पतालमा पिपिईबिनै स्वाब निकाल्न मिल्ने बुथ निर्माण

कोभिड १९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ ।

व्यास नगरपालिका-४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण गरेका हुन् । अस्पतालको आग्रह बमोजिम स्वाब परीक्षणका लागि बुथ निर्माण गरेको ढुङ्गानाले जानकारी दिए ।

‘अस्पतालले पनि बनाउने सोंच गरेको रहेछ । मैले डिजाइन बनाएर लगेर बनाउन सक्छु भनेर देखाएको थिएँ,’ ढुङ्गानाले भने, ‘अस्पतालका चिकित्सक मेरो प्रस्ताव स्वीकारेपछि मैले बुथ निर्माण गरेको हुँ ।’ बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज पिपिइ नलगाइकन पनि कोभिड १९ का शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गर्न सक्छन् ।

स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको र बुथको लगभग काम सकिएको उनले जानकारी दिए । केही दिनभित्रै बुथ सञ्चालनमा आउनेछ ।

बुथ निर्माणको सम्पूर्ण खर्च अस्पताल विकास समितिले व्याहोरेको छ । बुथ निर्माणका लागि करिब ५० हजार खर्च भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । बुथ निर्माण भएपछि कोभिड १९ का शङ्कास्पद बिरामीको सुरक्षित स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने अधिकारीले बताए ।

दमौली अस्पतालले शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ । तनहुँ जिल्लामा हालसम्म १८ जनाको स्वाब परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिसकिएको छ । अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ । उक्त स्यानिटाइजर टनेल निर्माणका लागि र३५ हजार खर्च भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!