US Khabar
  • NRNA मा युवान्तरणको बौदिक बहस

    - पुण्य पाण्डे | २ महिना पहिले प्रकाशित

    NRNA मा युवान्तरणको बौदिक बहस

    मानौ NRNA अमेरिकाको चुनावमा अध्यक्षको प्रायासीको रुपमा हाल चार समुह मध्यकै एक जना युवा जो नेपालमा कुनै पनि राजनितिक पार्टीवाट प्रशिक्षित नभएको, जसले अमेरिकामै जन्मिएको नेपाली युवा र नेपालमै जन्मिएर अमेरिकामा आएका नेपाली को जिवनशैलि, सोच्ने तरिका, जिवन वुझाई, राजनितिक संस्कार र चेतना लाई समन्वयन गर्ने सक्ने पनि सँगै मञ्चमा, बहसको प्यानलमा भैदिएको भए चुनावि माहोल कस्तो हुन्थियो?

    हाल हामी एउटै साधनबाट भिन्न साध्य खोजिरहेका छौ जुन असम्भव छ । त्यो भनेको हाल अध्यक्षका चारै जना प्रत्यासीहरुको पेशा, जिवनभोगाई, हुकाई, शिक्षा, राजनिति प्रशिक्षण र सोच्ने तरिका एउटै देखिन्छ तर हामी चार समुहमा विभाजित भएर यो भन्दा ऊ राम्रो वा असल भनेर वहस गरिरहेका छौ । एउटा विश्लेषणात्मक आँखाले ति चार साधनमा सानो विन्दुपनि तात्विक फरक देख्दैन । ताप्लेजुङ शिर भएर बगेका चार नदि पानि पर्दा सबै एउटै रुपमा धमिलो बनेर सप्तकोशिमा मिसिन्छ । हामीले सङ्गलो सफा, र फरक खालको पानि त्यही समयमा खोज्ने हो भने त्यो भन्दा अर्को भुगोल जहाँ पानि परेको छैन त्यही जानु पर्छ । त्यो भनेको अहिलेको NRNA अमेरिकाको चुनावमा के हो भने त्यो भिन्न पात्र जो फरक परिवेशवाट आएको छ, फरक शिक्षा लिएको छ, फरक राजनितिक प्रशिक्षण छ, फरक सोच्ने तरिका छ, काम गर्नै तरिका फरक छ, समाज वुझने तरिका फरक छ, technology लाई प्रयोग गर्ने तरिका फरक छ। त्यो को हो त? त्यो भनेको हाल विभिन्न समुहमा वसेर युवा शक्तिका रुपमा ति एउटै साधनले नेतृत्व गर्ने प्रेरित हरु सामु चुनाव जित्न खम्वा बनेका छन तिनै हुन ल्

    जबसम्म अहिले Organic Candidate र यो वा त्यो पदमा काम गरेको वा यो वा त्यो समुह, संस्था वा संगठन मा काम गरेर आफ्नो उमेरद्वारी लाई Justification गर्ने खोजिदै छ, हो समस्या नै त्यही छ ।  त्यसले परिवेश लाई सारमा त्यही राखेर बोक्रामा केही परिवर्तन गरि निरन्तरताको खेति मात्र गर्छ । मुख्य कुरा सोच्ने तरिका र विचारको प्रश्न मुख्य हुन्छ । जब नेतृत्वका लागी क्रमगत वर्गिकरण वा भनौ सिमितता कायम गरिन्छ, सारमा परिवर्तन सम्भवै छैन । त्यसले जो कोहिलाई त्यो नेतृत्वमा पुग्ने समयसम्म त्यही परम्परागत रुपमा प्रशिक्षित गरेर त्यही रुपमा परिर्वतनका कुरा तर सारमा त्यही परम्परालाई निरन्तरता दिने स्थितिमा पुर्‍याईदिन्छ । हामी हाल NRNA अमेरिका बाट जे खोजिरहेका छौ, जुन हामी अमेरिकन नेपाली समाजको समस्या र यो संस्थालाई जुन रुपका हेरिरहेका छौ, त्यसका लागी त्यही स्वरुपको नेतृत्वको आवश्यकता हुन्छ । समाजले सोच्ने तरिका, विषयवस्तुलाई ग्रहण गर्ने तरिका एउटा र नेतृत्व चै फरक बनेर त्यो सम्भव छैन l त्यसका लागी त्यो सिमित वर्ग जुन संस्था,समाज वा राजनितिमा जहाँ नि हुन्छ, त्यसले तय गरेको सिमितता लाई भंग गरेर त्यही समाजवाट समाजको लेवलको नेतृत्व जन्मिनु पर्छ ।  तब मात्र परिर्वतन सम्भव छ l  समाजको अपेक्षा नेतृत्ववाट सम्भव छ ।

    हामीले कुरा गरिरहेको NRNA  अमेरिकामा मात्र हैन संसारको कुनै पनि देश वा संस्था, संगठन किन चलाएमान दुदैन भने त्यहाँ परम्परागत योग्यताको सिमितता कायम गरिएको हुन्छ । अनुभव र त्यस्तै अरु विषयबस्तु ले विचारलाई वन्देज गरिन्छ । विचारले अनुभवको निमार्ण गर्ने हो न कि कामले अनुभव l  कामले त्यही समाज परिवेश र समयमा भएका वस्तुहरुको अनुभव दिलाउने हो भने विचारले त्यो समयमा नभएका कामको पनि अनुभव गराऊछ र सामान्य मानिसको सोच्ने तरिकानै परिर्वतन गरिदिन्छ। अब हामीले NRNA  अमेरिकालाई विचारले नेतृत्व गर्ने कि कामको अनुभविले नेतृत्व गर्ने भन्ने मुख्य विषय बनाउनु पर्छ ।  आज सहि र सक्षम विचार त्यो परम्परागत नेतृत्वको प्रक्रियामा प्रवेश गर्ने हो भने, नेतृत्वमा पुग्दा सम्म त्यही काम र प्रक्रियाको अनुभवले संशोधनकारी परिर्वतनकारी बनिसक्छ र समाजको अपेक्षा अनुसारको प्रगतिशिल बन्न सक्दैन । तसर्थ एउटा समय विचारले निर्देशित व्यक्ति जससामु समाजको आशा र भरोसा हुन्छ तर त्यो लामो नेतृत्व छान्ने प्रक्रियामा समावेश भएर नेतृत्व लिने स्थानमा पुगेरपनि काम गर्ने सक्दैन।

    हामीले यो चुनावी कार्यक्रमहरुमा NRNA प्रतिको सबैभन्दा ठुलो भरोसा र अपेक्षा के देखिन्छ भने यो संस्था नेपाली राजनितिबाट टाढा बनोस भन्ने नै आम अमेरिकन नेपाली समाजको अपेक्षा र सहानुभुति देखिन्छ ।  तर के यी चार जना आंकाक्षिबाट त्यो सम्भव छ त? सबैको उतर छ ,त्यो सम्भव छैन । र पनि हामी किन लम्बेतात बनेर उनिहरुकै पछि लागिरहेका छौ त? किनभने हामी विचारबाट प्रशिक्षित छैनौ। हामी हामीले गरेको काम वा त्यो संस्थाले गदै आएको प्रक्रियागत कामबाट प्रशिक्षित छौ l  हामी युवा जो जुन समुह सँग पछि लागेका छौ, हाम्रो विचार, काम गर्ने तरिका, विषयवस्तु प्रतिको अध्यन वा भनौ हाम्रो गन्तव्य त्यहा त्यो समुहको नेतृत्वसँग मेल खान्छ त ? मलाई लाग्छ त्याहाँ त्यस्तो छैन ।  त्याहाँ त वाहिर जतिनै रंगिन कुरा गरेपनि भित्र एउटा कालो नेपाली कंग्रेस अर्को सेतो नेपाली कंग्रोस र अर्को खैरो नेपाली कंग्रेस कै खिचडी पाकि नै रहेको छ । कालो नेपाली कंग्रेस समुह आफु आधिकारीक नेपाली कंग्रेस हो र हिजो आज भोली जो त्यही परिवेश सँग प्रशिक्षित भएर बाँच्न चाहान्छ । जसलाई नेपालमा आफुले जे गरिएको थियो त्यससँग रमाउनु छ ।  किनकि हामी नेपालीलाई जतिनै वाहिर कुरा गरेपनि खसिको मासु र भात जस्तो स्वादिलो अरु हुनै सक्दैन ।  सेतो नेपाली कंग्रेस आफुलाई अलिकति बौदिक मान्छ, अलिक प्रगतिशिल छु भनेर देखाउन चाहान्छ l  जसलाई हुनचै खसिको मासु भात नै मन पनै हो तर पनि ऊ कहिले काहि सलाद, र बोइलिङ्ग खाना नि खान्छ ।  खैरो नेपाली कंग्रेस नेपालका बामपन्थि हरु जो अमेरिकामा खुलेर वामपन्थि भन्न सक्दैन। जसलाई खसिको मासु र भात नै मन पनै हो तर भात लाई स्याडओइज वनाएर खान वाध्य छन ।  यी सबले खाने चै खसिको मासु र भात नै हो l

    अब हामीलाई NRNA अमेरिकामा जानेरै सलाद खाने, बानिनै परेर जिम जाने, आफ्नु Intution ले नै भात सँग फलफुल, लेटस, र स्यालरी खाने नेतृत्व चाहिएको छ त्यो भनेको नै विचार, स्पष्ट मार्ग, र गान्तव्यको प्रष्ट बाटो देखेको NRNA को मुल मर्म  आदर्श र हामी विदेशिएका नेपालीको मन,भावना, र इन्छाहरुलाई जोड्ने, विदेशमा नेपाली परिचयका साथ जन्मिएका हाम्रा सन्ततिको उभिने आधार र कोहि नभएको वेला अभिभावकको भुमिकामा प्रस्तुत गर्नु छ l जुन नेपालमा कुनै न कुनै राजनितिक दलसँग जोडिएर, प्रशिक्षित भएर आएको विचार ले त्यो काम गर्ने सम्भव छैन ।  NRNA मा युवान्तरणको जब जित हुन्छ तब त्यो विचार नेतृत्वमा पुग्छ ।

    पुण्य पाण्डे
    डालस टेक्सास

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!