US Khabar
  • एनआरएनए चुनाब, युवा नेतृत्व र माखेसाङ्लो

    - Admin | ५ महिना पहिले प्रकाशित

    एनआरएनए  चुनाब, युवा नेतृत्व र माखेसाङ्लो

    मानौ विश्वमा मानव निर्मित देश,संविधान,कानुन,सामाजिक मान्यता थिएन भने मानव जातिको जिवनशैली र हामीले यो विश्वमा भएका विषयवस्तु लाई बुझ्ने ‘माइन्ड सेट’ कति फरक हुनेथियो? हालसम्म मानवजतिलाई हेर्ने हो भने हामी कुनै न कुनै प्रकारको दास प्रथामा नै छौ । प्रत्यक्ष दासप्रथा अन्त्य भए सँगै संगठित, प्रणालीगत दास प्रथाको शुरु भयो । त्यहि प्रणालीगत दास प्रथाले हामीलाई आज संगठनको महशुस गराएको छ । संविधान, कानुन, प्रहरी, न्यायलय र संगठन दासप्रथा संस्थागत गर्ने एक खाले वर्गका मानिसले परिकल्पना गरेको सभ्य र आधुनिक दास प्रथा हो । मनौ देश भनिने भौगोलिक अधिपत्यता, संविधान भनिने आधुनिक दासप्रथाको संरचना, संगठन भनिने असक्षमहरुको झुण्ड, प्रहरी भनिने दासहरुको दास, न्यायलय भनिने तिनै असक्षम भनिनेहरुको संरक्षक नहुने हो भने, हामी र हाम्रो जिवनशैलि हाम्रो माइन्डसेट भन्दा धेरै सुन्दर हुन्थियो जहाँ प्रकृतिक रुपमा विना चुनाव सक्षमहरुले हामी लाई नेतृत्व गरिएको हुन्थियो ।

    हामी मानवजातिको एउटा सानो भौगोलिक वर्ग नेपाली, अमेरिकामा NRNA अमेरिका नामक संगठनको चुनावमा छौ । संगठन चलाउन कानुन निर्माण गरिन्छ । त्यो आज हामीले वुझेर गरिएको हैन । हामी जे गरिरहेका छौ त्यो हाम्रो माइण्डसेटको उपज हो । देशमा संविधान, समाजमा मान्यता, संगठनमा कानुन संक्षम लाई बन्देज गर्ने बनाइने बेइमानको दस्तावेज हो । आज हामी युवा वर्ग त्यही बेइमानको दस्तावेज अनुसार नेतृत्वमा जाने परिकल्पना गरिरहेका छौ जसबाट सक्षम नेतूत्व  पाउन असम्भव छ । तपाई आफैलाई त्यो संस्था चलाउन सक्षम छु जस्तो लाग्छ भने तपाई अयोग्य हुने एउटा दरो प्रमाण त्यही हो र तपाई निश्चिन्त हुनुहोस तपाइले चुनाब जित्नुहुन्न ढुक्क हुनुहोस ।

    हामी जे छै त्यो हाम्रो रिफरेन्सबाट प्राप्त ज्ञानको आधारमा जे पाएका छौ हामी त्यही हौ । हामी कुनै न कुनै साधन प्रयोग गरेर जस्तै किताब, संस्कार, मान्यता र कुराकानी बाट प्राप्त सुचना लाई ज्ञान मान्छौ, त्यो ज्ञान हैन त्यो त रिफरेन्सको हस्तान्तरण मात्र हो । हामीले NRNA अमेरिकाको बारे जे बुझि रहेका छौ, त्यो रिफरेन्सको आधारमा तय भएको मान्यतामात्र हो, सत्य हैन । सत्यता यो विश्वमा exist  भएपनि मानव सभ्यतामा प्रयोग हुदैन जुन NRNA अमेरिकामा पनि लागु हुदैन । नेन्जा  डिवेट, सम्प्रेषण डिवेड, विभिन्न भेटघाटमा जे कुरा नेतृत्व लिन संक्षम छु भन्ने अध्यक्षका प्रत्यासी हरुले धारणा प्रस्तुत गरेपनि, के हामी त्यसमा विश्वस्त छौ त? मलाई लाग्छ, हामी विश्वस्त छैनौ ।
    अध्यक्षका प्रत्यासी क्रिष्ण लामिछाने र वुदिसागर सुवेदीले सम्प्रेषण डिवेडमा प्रस्तुत गरेको सात हजार डलरको चुनावी खर्चको फेरिस्तामा के हामी आम NRNA  अमेरिकाका भोटरहरु विश्वस्त छौ त? तपाईहामी कति जनाले त्यो चुनावी खर्चको तथ्यांक पत्यायौ ? के त्यो साचो हो त? भएपनि हामि त्यो अंकमा विश्वस्त छौ ? पक्कै छैनौ । हामीलाई थाहा छ त्याहाँ झुटको खेति भै रा छ। फेरी हामी मौन समयमा पनि किन त्यही झुट लाई प्रचार गरिरहेका छौ । वुदिसागर सुवेदीबाट वहाँका छोराहरु को विषयमा उठेको प्रश्को जवाफ चित्त बुझने आयो त ? फक्कै आएन र पनि हमीले त्यही झुट र त्यही बेइमानी लाई भोट दिएर अनुमोदन  गर्यो भने हामीले पाउने भोलिको NRNA  अमेरिका झुट र वेइमानहरुको राजनिति गर्ने थलो मात्र बन्छ। त्यो भोलि त्यो स्थानमा जो गएपनि हामीले पाउने त्यही झुट र वेइमानिमात्र हो । त्यसमा गल्ति नेतृत्वको हैन ।वहाँहरुले त चुनाव अगाडीनै म को हो र त्याहाँ गएर म के गर्छु आजनै प्रष्ट भन्नु भएको छ । गल्ति हाम्रो हुने छ । त्यसको रिजल्ट हामीले नै पाउनै पर्छ ।

    अब यसो गरौ न ? त्यसमा पनि युवा साथिहरुले जसले झुट र बेइमानि काम र कुरा गरेको छ भोटनै नगरौं । चार जना मध्य एक जनाले त पक्कै जिल्ने हो तर एउटा संक्षम इमानदार मान्छेको भन्दा आधा भोट ले जित्ने वातावरण वनोस जसले एकरुपको नैतिक समस्या आँउछ । तर हामी त्यो माइण्ड सेटमा छैनौ । असक्षम हरुले सक्षमहरुलाई पहिलेनै समुह समुहमा विभाजित गरिसकिएको छ । हामी युवा साथिहरु नै अर्को समुहको हिजोको सक्षम साथिलाई खुलेर समर्थन गर्ने सकिरहेको अवस्था छैन l हामी युवा साथिहरु मांखेसाङ्लो भित्र परिसकेको अवस्था देखिन्छ तर हिजो सम्म जे भएपनि हामीले त्यो मांखेसाङ्लो तोड्न सकिन्छ  । त्यो भनेको सबै समुहका सक्षम नेपाली राजनिति बाहिरका साथिहरुले भोट गर्नै र परिणाम मुखि काम गर्ने प्रेरित गर्ने हो l  संगठनको नाममा हामी युवाहरु आधुनिक प्रक्रियागत दास बन्ने कि अलिक आउट अफ दि बक्स सोचेर केही नयाँ गर्नै प्रयत्न गर्ने भन्ने हामी आफैमा निहित छ । असक्षम, झुट र वेइमान हरुलाई भोट गरेर राम्रो NRNA को परिकल्पना चै नगरौ । जसले जाति वढि झुट  वेइमानि गर्छे त्यही लाई नेतृत्वमा पुर्‍याएर फेरी पनि यी सब चुनाब जित्न र संगठन नेतृत्व गर्ने अनिवार्य योग्यता कम्तिमा पनि युवा वर्ग बाट नहोस मेरो शुभकामना ।

    पुण्य पाण्डे
    डालस टेक्सास

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!