यति वेला कोरोना महामारीले विश्वजगतनै तड्पिरहेको जटील परिस्थिमा सरकार परिवर्तनको फोहोरी खेलमा लाग्नु भनेको नेपाली जनताको भावनामा कुठाराघात गर्नु हो। एकातिर कोरोना भाईरसको जोखिम न्युनिकरण गर्ने प्रमुख समस्या त छदैछ अर्का तर्फ यसवाट प्रभावित हरेक समस्याहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन्। यो महामारीलाई राम्ररी समाधान नगर्ने हो भने बेरोजगारी र तत्काल भोकमरीको समस्या प्रमुख भएर आउने देखिन्छ।
दिनभरी मजदुर काम गरेर छाक टार्ने वर्गहरु यस परिस्थिति वाट अत्यधिक मारमा परिरहेकाछन् भने अर्कातर्फ देशको अर्थतन्त्र दिनानुदिन ओरोलो लाग्दै छ । जसले गर्दा मानविय समस्याहरु अझ जटील बन्दै गईरहेका छन्।
भैपरी आउने जटील समस्याहरु संग जुध्नकोलागी पावर र पदले मात्र सकीदैन त्यसकारण फुटेर होईन जुटेर समस्या को सामना गर्न सकीन्छ। जवजव समस्या उत्पन्न हुन्छ तवतव फुट्नु भन्दा जुट्नुनै बुद्धिमानी हुनेछ। त्यसैले कमिकजोरीलाई आत्माआलोचना गर्दै राजनैतिक स्थिरता लाई बलियो बनाउदै विधिको शासन लाई भरपुर पालना गरौ तवमात्र संविधानले वैधता पाउंछ। जव यस प्रकारको विषमपरिस्थिमा सरकार संचालन गर्ने दैत्यहरु आफ्नो महत्पुर्ण जिम्मावारी पुरा गर्न सरकारका सम्पुर्ण निकायहरुलाई पारदर्शी रुपमा परिचालन गर्नुको सट्टा आफ्नो कुर्सी जोगाउने अत्यन्त घृणित खेलमा लागिरहेका छन् भने बाहिर बसेर कुर्लने ति महापुरूषहरु अनेक तानावाना बुन्दै सरकारका राम्रा कामलाई ओझेलमा पार्दै सानो कमजोरीको खेति गर्नेहरु आज फेरी त्यही कुर्सीकै मोहमा तल्लीन छन्।
ति मानवहरु जसले विगतमा सरकार संचालनमा आफै असफलताको माला पहिराएर बाहिर निस्केका हरु हुन् आज उनै चुरीफुरी गरेको पटक्कै सुहाउदैन। म जस्ता परदेशमा रहेर पनि नेपालको माया गर्ने युवाहरुको विचारमा जनताले पाँच वर्षको स्थिर सरकार हुनुपर्छ भन्ने आधारमा आफ्नो अमुल्य मत दिएर सरकार बनाएका हुन् । आफुलाई नेकपा भन्नेहरुले जनताको मतको कदर गर्न सिक्नु पर्ने भयो नेताहरु भनेका जनताले चुनेर पठाएका प्रतिनिधि पात्रमात्र होउ ।
लोकतन्त्रमा सरकारको चाबी जनताकै हातमा रहेकोछ भन्ने कुराको हेक्का हुनु पर्दछ नेताहरुलाई । म के भन्दछु भने सम्माननीय प्रधानमन्त्री ज्यु तपाईले आफ्नो बालहठ लाई एउटा अध्यारो कोठामा थन्काईदिनुहोस् । आफ्ना सचिवालयका कुपात्रहरुवाट जोगिनुहोस्। आफ्ना योजना जनताकासामु प्रष्ट पार्ने बानिको विकास गर्नुहोस्। आसेपासेहरु देखी टाढै रहनुहोस्।
आफुसंगै नेतृत्वमा रहेका साथीहरुसंग भरपुर परामर्श गरी आगामी योजनाहरु तर्जुमा गर्नुहोस्। जनताका प्रधानमन्त्री हुने मौका नगुमाउनुहोस् । जनहितको काम गर्दै गए पछि तपाईमाथी प्रश्न गर्ने छैनन् । सम्माननिय प्रधानमन्त्री ज्यू तपाईको एक असल शुभचिन्तक र देशको सदैव भलो चाहाने युवाका हिसाबले भन्दछु तपाईको नेतृत्वको सरकार होईन आज नेताहरुको संस्कार फेरियो भने कुर्सीको खेलमा लाग्ने कुतत्वहरु पनी आफै पाखा लाग्नेछन्।
प्रतिक्रिया