US Khabar
  • मेरिल्याण्डमा गोली हानी हत्या गरिएका २४ बर्षिय सागर घिमिरेको आज अन्त्यष्टी गरिदैं

    - Admin | २ महिना पहिले प्रकाशित

    मेरिल्याण्डमा गोली हानी हत्या गरिएका २४ बर्षिय सागर घिमिरेको आज अन्त्यष्टी गरिदैं

    अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा ज्यान गुमाएका नेपाली युवा सागर घिमिरेको आज गरिने भएको छ । संखुवासभा स्थायी घर भएका मृतक २४ बर्षिय घिमिरेको आज दिउँसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्त्यस्टी गरीने भएको हो ।

    वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा बस्दै आएका उनि बसेको घरमा आगजानी साथै गोली प्रहार गर्दा मृत्यु भएको थियो । गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट घिमिरे छात्रबृत्तीमा परेर अध्ययनका लागि अमेरिका आएका थिए ।

    गत मे ८ तारिक बिहान भएको यस अप्रिय घटनामा ज्यान गुमाएका घिमिरेको १ महिना बढि समय पछि आज अन्त्यष्टी गरिन लागेको हो ।उनको मृत्यु पश्चात संचालन गरिएको गो फण्डमा अहिले सम्म जम्म १७ हजार १२ अमेरिकी डलर संकलन भएको छ ।

    घटनामा परि सर्लाहीका श्याम अधिकारी घाइते भएका थिए । गोली काण्ड सहित उनिहरु बसेको घरमा समेत आगजनी भएको सो घटनामा घरमा रहेका अन्य भने भागेर बाँच्न सफल भएका थिए । गोली चलाउने र आगजनि गर्ने उनिहरुकै छिमेकी ५६ बर्षिय ब्यक्ती हुन् । जो नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर सोहि दिन मारिएका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!