US Khabar
  • नेपाल सहित २६ देशलाई पाकिस्तान प्रवेशमा प्रतिबन्ध

    - Admin | २ महिना पहिले प्रकाशित

    नेपाल सहित २६ देशलाई पाकिस्तान प्रवेशमा प्रतिबन्ध

    कोरोना नियन्त्रणका लागि पाकिस्तान सरकारले २६ देशलाई प्रवेश प्रतिवन्ध लगाएको छ । पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेर प्रवेश प्रतिवन्ध लगाएको हो ।

    पछिल्लो २४ घण्टामा एक हजार १९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिनुका साथै ५७ जनाको मृत्यु भएको पाकिस्तानमा प्रवेशमा कडाई गर्ने निर्णय गरेको हो । जसमध्य सी समुहमा परेका राष्टहरुलाई पूर्ण रुपमा प्रवेश निषेध गरिएको छ । सी समुहमा नेपाल पनि परेको छ ।

    प्रवेश निषेध गरिएका देशहरुमा नेपाल सहित भारत, इरान, बङ्गलादेश, भुटान, इन्डोनेसिया, इराक, माल्दिभ्स, श्रीलङ्का, फिलिपिन्स, अर्जेन्टीना, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया, बोलिभिया, चिली, कोलम्बिया, कोस्टारिका, डोमिनिक गणतन्त्र, इक्वेडर, नामिबिया, पाराग्वे, पेरु, ट्रिनिडाड र टोवागो सँगसँगै उरुग्वे रहेका छन् ।

    ए र बी समूहमा परेका देशहरुका हकमा भने विभिन्न सर्त तथा मापदण्डहरु तय गरिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!