US Khabar
  • १२ वर्षदेखि लगातार ईजरायली प्रधानमन्त्री रहेका नेतान्याहु २ मतान्तरले पदमुक्त

    - Admin | २ महिना पहिले प्रकाशित

    १२ वर्षदेखि लगातार ईजरायली प्रधानमन्त्री रहेका नेतान्याहु २ मतान्तरले पदमुक्त

    ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्ताबाट बाहिरिएका छन् । १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँग बाहिरिएका हुन् ।

    सन् २००९ देखि लगातार प्रधानमन्त्री रहेका उनि यस पटक संसदमा नेता नेफ्टाली बेनेट प्रतिस्पर्धीका रुपमा रहेका थिए । १ सय २० एक सय २० सदस्यीय संसदमा नेतान्याहुले ५९ मत प्राप्त गर्दै पराजित भएका थिए भने नेफ्टाली बेनेट ६१ मत सहित नयाँ प्रधानमन्त्री बन्न सफल भएका छन् ।

    नव निर्वाचित प्रधानमन्त्री वेनेट सन् २०२३ सम्म प्रधानमन्त्रीका रुपमा रहने छन् । विपक्षी गठबन्धनको सहमति अनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!