US Khabar
  • नेपालमा थप ५३ जना कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या ८,४६५ पुग्यो

    - Admin | २ महिना पहिले प्रकाशित

    नेपालमा थप ५३ जना कोरोना संक्रमितको मृत्यु  – मृतकको संख्या ८,४६५ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना संक्रमितको ज्यान गएसंगै मृतकको संख्या बढेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको छ ।

    यद्यपी पछिल्लो समय पहिलेको तुलनामा मृतक र संक्रमितको संख्या घट्दै गएको छ । पछिल्ले २४ घण्टामा नेपालमा पाँच हजार एक सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!