US Khabar
  • विश्वकै बृहत प्रतियोगीता ‘नेसनल अमेरिकन मिस’का लागि टेक्सासकी नेपाली चेली जेसिका लम्साल छनौट

    - Admin | १ महिना पहिले प्रकाशित

    विश्वकै बृहत प्रतियोगीता ‘नेसनल अमेरिकन मिस’का लागि टेक्सासकी नेपाली चेली जेसिका लम्साल छनौट

    संसारकै ठुलो मानिएको सौन्दर्य प्रतियोगीता नेसनल अमेरिकन मिस (न्याम) बाट नेपाली मुलकी जेसिका लम्साल छनौट भएकी छन् । हिजो टेक्सास राज्यको ह्युस्टनमा सम्पन्न प्रतियोगिताबाट बिभिन्न बिधाका ४ महत्वपूर्ण अवार्ड जित्दै लम्साल नेसनल अमेरिकन मिसका लागि छनौट भएकी हुन् ।

    आगामी नोभेम्बर २१ देखि हलिउड क्यालिफोनियामा आयोजना हुने एक साता लामो प्रतिस्पर्धाका लागि टेक्सासबाट छनौट भएकी उनले अव भने अमेरिकाका बिभिन्न राज्यवाट छनौट भएर आएका प्रतियोगीसंग प्रतिस्पर्धा गर्ने छन् ।

    नेसनल मिस अमेरिकनले अमेरिकाको सबै ठुला शहरबाट प्रतियोगिता गरी स्टेट प्रतियोगी छनौट गर्ने प्रावधान रहेको नेसनल अमेरिकन मिसका लागि स्टेटबाट छनौट प्रतियोगीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि लैजाने गर्दछ । लम्सालले ‘मोष्ट रेकमन्डेसन अवार्ड’, ‘स्पोर्ट लाईट अवार्ड’ जित्नुका साथै ह’र्ट अफ द सर्भिस’ र ‘स्पोक्स मोडल’मा फ्रष्ट रनर अफको उपाधी जित्दै बलियो प्रतिस्पर्धीका रुपमा राष्ट्रिय स्तरमा उपाधी दावी गर्ने भएकी हुन् ।

    ४ बर्ष पहिलेमात्र अमेरिका आएकी उनीको यो जीतसंगै अन्य नेपाली चेलीहरुले समेत नेसनल अमेरिकन मिसका रुपमा प्रतिस्पर्धा गर्ने प्रेरकबाटो खुलेको छ । यस अघि समेत लगातर दुई पटक टेक्सास राज्यबाट स्टेट फाईनललिष्टमा पुगेकी लम्सालले अमेरिकामा रहेका नेपाली मुलका आफु पछाडीका बहिनीहरुलाई समेत सहभागीताका लागि पहल र सहयोग गर्ने बताएकी छन् ।

    २४ जना निर्णायक रहने यस प्रतियोगितामा विभिन्न १२ वटा विधामा प्रतिस्पर्धा हुने जनाईएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!