US Khabar
  • सामाजिक संजालमा भाईरल सन्तोषीको दक्षिणकाली जंगलमा विभत्स हत्या

    - Admin | १ महिना पहिले प्रकाशित

    सामाजिक संजालमा भाईरल सन्तोषीको दक्षिणकाली जंगलमा विभत्स हत्या

     सामाजिक संजालमा केही बर्ष पहिले भाईरल बनेकी एक युवतीको विभत्स हत्या भएको छ । बिभिन्न पशु पंक्षिको आवाज निकालेर भाईरल बनेकी सन्तोषी सुब्वाको शव आज दक्षिणकालीको जंगलमा फेला परेको हो ।

    २७ बर्षिया सुब्बाको शव दक्षिणकाली मन्दिर परिषरको एक प्रयोगविहिन शौचालयमा फेला परेको हो । बलत्कार गरेर अनुहार ढुंगाले किचेको अवस्थामा फेला परेकी उनको घाँटी कसेर मारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छातिका दुईवटा हड्डी भाचिंएको र पेटका जोडले हान्दा आन्द्राहरु सुन्निएको अवस्थामा भेटिएको उनको योनागंमा निलडाम देखिएकाले बलत्कार पछि हत्या गरिएको खुल्नमा आएको छ । प्रहरीले उनि गर्भवती भएको हुन सक्ने समेत अनुमान गरेको छ ।

    आज भन्दा झण्डै २० बर्ष पहिले चावेलको सडमा एक्लै डुलिरहेको देखेपछि ७\ ८बर्षकी उनलाई साईकलमा चप्पल बेच्दै हिड्ने धनबहादुर तामाङले भेटेका थिए । तामाङले धर्मपुत्रीका रुपमा आफुसंगै राखेर हुर्काएका थिए । २ बर्ष पहिले पशुपंक्षीको आवाज निकाल्न सक्ने प्रतिभावान युवती भन्दै तात्तातो खबरका भाग्य न्यौपाने लगायतकेही युटुवले उनलाई सार्वजनिक गरेका थिए ।

    असार ५ गते घरबाट हिँडेकी उनले सो दिन दिउँसो भोली अर्थात ६ गते घर आउने बताएकी भएपनि उनि सो रात फर्पिगंकै गेष्ट हाउसमा बसेर ६ गते दक्षिणकाली पुगेको अनुसन्धानमा खुलेको छ । यतिवेला त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको सम्पूर्ण पोष्ट मार्टम रिपोर्ट आउन बाँकी नै छ ।

    घटनास्थलको प्रकृती हेर्दा सौचालय बाहिर नै उनको हत्या भएको देखिन्छ । सौचालय अगाडी रगतका ठुला ठुला धव्बा साथै पहेंलो रंगका चुराहरु फुटेका छन् भने शौचालय भन्दा केही पर उनको भित्री बस्त्र पेन्टी फेला परेको छ र नजिकै पुरुषको एउटा पेन्टी पनि फेला परेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!