US Khabar
  • एनआरएनए आईसीसी महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगित

    - Admin | १ महिना पहिले प्रकाशित

    एनआरएनए आईसीसी महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगित

    गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगित भएको छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त बाशु फुलाराद्वारा प्रेश विज्ञप्ती जारी गर्दै यस बिषयमा जानकारी दिईएको हो ।

    जारी विज्ञप्तीमा उल्लेख भए अनुसार आईसीसी अध्यक्ष कुमार पन्त , महासचिब हेमराज शर्मा र एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहद्वारा अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन रोक्न प्रेषित पत्र साथै इमेलका आधारमा प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको हो ।

    सोही आधारमा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन अर्को सुचना जारी नभए सम्मका लागि अन्तराष्ट्रिय स्थगित गरिएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!