US Khabar
  • रिना थापाको अभिनयमा गायक पशुपति शर्मा र सम्झना भण्डारीको ‘हैन र माया’ सार्वजनिक [ तीज गीत ]

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    रिना थापाको अभिनयमा गायक पशुपति शर्मा र सम्झना भण्डारीको ‘हैन र माया’ सार्वजनिक [ तीज गीत ]

    मोडल रिना थापा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक पशुपती शर्मा र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ‘हैन र माया’ बोलको गीत मोडल रिना थापा सहित अन्य कलाकारको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

    गायक पशुपती शर्माकै शब्द तथा लय सृजना रहेको गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् । माया प्रितिको भाव अभिव्यक्त गीतको भिडियोमा रिना थापा, पशुपती शर्मा, सम्झना भण्डारी, दिपाशा बिसी, रुविना अधिकारी, रविना भण्डारी, लोमश शर्मा, रमेश थापा, अर्जुन गौतम र वविन ठकुरीको अभिनय रहेको छ ।

    स्मृती तिमिल्सिना गुरुआमाको निर्देशनमा निर्माण भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन र नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!