US Khabar
  • पल्टने श्रीमानको भूमिकामा शंकर बिसी “कुरा काटन” सार्वजनिक

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    पल्टने श्रीमानको भूमिकामा शंकर बिसी “कुरा काटन” सार्वजनिक

    कलाकार शंकर विसीको निर्देशन तथा अभिनयमा यस बर्षको तीज गीत सार्वजनिक भएको छ । गायक खुमन अधिकारी र देशका चर्चित गायिकाहरुको आवाजमा रहेको तीज गीत कुरा काटन कलाकार विसी संगै अन्य कलाकारको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

    चर्चित गायक खुमन अधिकारी र बिनोद बाजुराली तथा गायिकाहरु देवी घर्ती, शान्ति श्री परियार, शिला आले, सम्झना भण्डारी, शिला आले, सम्झना भण्डारी, पुर्णकला बिसीको स्वरमा रहेको यस गीतमा कलाकार शंकर बिसी पल्टनेको भूमिकामा देखिएका छन् । गाउँले परिभेषलाई चित्रण गरिएको पल्टनेकी श्रीमतीले आफ्ना श्रीमान पल्टने भएकोमा बढो गर्वले साथी संगी संग धाक लगाउने र संगीहरुले जिस्काउने कथावस्तुमा मौलिक मिठाश गीतले बोलेको छ ।

    दुर्गा पौडेलको शब्द र गायक अधिकारी स्वयंको संगीत रहेको यस गीतको भिडियोलाई गीतकार पौडेल स्वयंले छायांकन गरेका हुन् भने सम्पादन नविन घर्ति मगरले गरेका हुन्् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!