US Khabar
  • नेजामा चुनाबी रौनक, अध्यक्ष पदकालागि चार जना भिड्दै

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    नेजामा चुनाबी रौनक, अध्यक्ष पदकालागि चार जना भिड्दै

    नेपाल अमेरिका पत्रकार संघ नेजाको आगामी महिना जुलाई २४ र २५ मा हुन लागेको निर्बाचनका लागि चार जना पत्रकारको चर्चा शुरु भएको छ । भर्जिनियामा हुने नेजाको नयाँ कार्यसमिती निर्वाचनका लागि यस पटक बर्तमान कार्यबाहक अध्यक्ष बिकासराज न्यौपाने, महासचिव किरण मरहट्टा, क्षेत्रीय संयोजक गोकुल ढकाल र भर्जिनिया क्षेत्रमा रहेर लामो समयदेखी नेपाली पत्रकारितामा सक्रिय भूमिकामा रहँदै आएका निदेश अधिकारी रहेका छन् ।

    डिसी मेट्रो क्षेत्रमा पत्रकारहरुको सहभागितामा हुने अधिवेशनमा अध्यक्ष पदका लागि दावेदारी सुचिमा देखिने अनुमान गरिएका चारै जना पत्रकार अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पत्रकार हुन् ।

    सम्भावित अध्यक्ष पद प्रत्यासीका रुपमा देखिएका यि ४ जना मध्य बिकास राज न्यौपाने बर्तमान कार्यसमितीका कार्यवाहाक अध्यक्ष हुन् जो टेक्सास क्षेत्रमा रहेर आफ्नो ब्यवसायिक र संचार कर्मलाई अघि बढाईरहेका छन् । हिमालय खबरका प्रधान सम्पादक रहेका न्यौपाने कार्यसमिती र नेपाली समुदायलाई नजिकबाट चिनेका पत्रकार हुन् ।

    त्यस्तै गोकुल ढकाल अमेरिकाबाट संचालिन नेपाली पत्रिका खुल्लामञ्च डटकमका प्रधान सम्पादक हुन्। उनि बिभिन्न संस्थागत तथा ब्यक्तीगत रुपमा संचारकर्ममा सक्रिय रहँदै आएका छन् । बिगत १८ बर्ष देखि क्यालिफोर्निया को लस एञ्जलसमा रहदै आएका पत्रकार तथा व्यवसायी ढकाल नेपाली जन सम्पर्क समिति अमेरिकाको पूर्व संचार प्रमुख तथा पूर्व केन्दिय सदस्य पनि हुन्

    यस अघि पत्रकार सुर्य थापाको नाम पनि नेजा नेतृत्व पदका लागि चर्चामा आएको थियो ।

    अर्का उमेद्वार प्रत्यासी किरण मरहठ्ठा न्यूयोर्कमा रहेर पत्रकारितामा सक्रिय युवा हुन् । नेपाल रहँदै बाट सफल टेलिभिजनकर्मीको छवि बनाएका उनि हाल अमेरिकाबाट टिभि सण्डे नामक कार्यक्रम संचालन गर्दै आएका छन् भने भर्जिनिया निवासी ब्याबसायी तथा पत्रकार निदेश अधिकारी पनि संचारकर्ममा क्रियाशिल नाम हो जो २ दशक लामो पत्रकारिता अनुभव सहित यस निर्वाचनमा अध्यक्ष पदका लागि दावेदारीको तयारीमा रहेको बुझिएको छ । व्यवसायी तथा खुल्लामन्चका प्रबन्ध निर्देशक अधिकारी सहित यस निर्वाचनमा अहिले सम्म नेतृत्व पदमा ४ जनाको नाम देखिएको छ ।

    करिव १ सय २० सदस्य रहेको नेजाको निर्वाचनका यस पटक महासचिव पदका लागि समेत केही सक्रिय पत्रकारको उमेद्वारी देखिने आँकलन धेरैको छ । गत बर्ष नै सम्पन्न भै सक्नु पर्ने नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा २०२० को मे २ र ३, मा न्यूयोर्कमा हुने तय भै सकेकोमा कोभिडका कारण निर्वाचन स्थगित गर्नु परेको थियो । हाल अध्यक्षमा चार जना चर्चामा रहे पनि सकभर सहमतीमै कार्यसमिति चयन हुने पनि धेरैको अपेक्षा रहेको छ ।

    नेजामा सामान्यतया सहमतीमै नेतृत्व चयन हुने ईतिहास रहेको भए पनि यस पटक कतिपय पदमा निर्बाचन हुन सक्ने सम्भावना रहेको धेरैको अनुमान छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!