US Khabar
  • जर्मनी र बेल्जियममा शक्तीशाली बाढी: मृतकको संख्या ७० पुग्यो

    - Admin | २ हप्ता पहिले प्रकाशित

    जर्मनी र बेल्जियममा शक्तीशाली बाढी: मृतकको संख्या ७० पुग्यो

    यूरोपका दुई मुलुक जर्मनी र बेल्जियममा आएको शक्तीशाली बाढीमा परि ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । अविरल बर्षापछि आएको बाढीमा परी यि दुई देशमा कम्तीमा ७० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका हुन् ।

    बाढीका कारण बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु भै सकेको छ भने बाँकी मृतक जर्मनीका रहेका छन् । दर्जनौं मानिस वेपत्ता भएको यस बाढीको प्रभाव नेदरल्याण्ड्समा समेत परेको छ ।

    यूरोपमा आएको विनासकारी बाढीलाई भने जलवायु परिवर्तनका कारण आएको बर्षा र बाढीबारे जर्मनीकी चान्सलर एंगेला मर्केलले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएको बताईएको छ । मर्केल अमेरिकाको भ्रमणमा रहेका समय जर्मनमा बाढी आएर धनजनको ठुलो क्षती भएकाले पनि उनले यस बारेमा बोलेकी हुन् ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!