US Khabar
  • आज प्रधानमन्त्री निवास बालुवाटार सरे देउवा

    - Admin | २ हप्ता पहिले प्रकाशित

    आज प्रधानमन्त्री निवास बालुवाटार सरे देउवा

    नव नियुक्त प्रधानमन्त्री शेर वहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । देउवा शुक्रवार बिहान करिव १० बजे बालुवाटारस्थित सरकारी निवास सरेका हुन् ।

    मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका प्रधानमन्त्री देउवा सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

    यस अघि बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका देउवा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेको ३ दिन पछि प्रधानमन्त्री निवास सरेका हुन् ।

    यस अघि उनलाई शुभकामना दिनेहरु उनको निजी निवासमा नै पुगेका थिए । बिहिबार नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीसंग पनि उनले भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!