US Khabar
  • चर्चित भारतिय फोटोग्राफर सिद्दीकीको अफगानिस्तानको सुरक्षा झडपमा मृत्यु

    - Admin | २ हप्ता पहिले प्रकाशित

    चर्चित भारतिय फोटोग्राफर सिद्दीकीको अफगानिस्तानको सुरक्षा झडपमा मृत्यु

    भारतिय चर्चित फोटोग्राफर दानिश सिद्दीकीको अफगानिस्तानमा मृत्यु भएको छ । अफगानिस्तानको स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी मृत्यु भएको हो ।

    सन् २०१८ मा फिचर फोटोग्राफीमा पुलित्जर पुरस्कार बिजेता पत्रकार सिद्दीकी अफगानिस्तानको कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको सङ्घर्षको रिपोर्टिङ गर्ने क्रममा ज्यान गएको हो ।

    बुधवार स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपपका क्रममा ज्यान गुमाएका सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटो पत्रकार थिए जो पछिल्लो समय अफगानिस्तानमा चलिरहेको सङ्घर्ष र तनावको रिपोर्टिङ गरिरहेका थिए ।

    भारतमा रोयटर्स पिक्चर्सको मल्टिमिडिया टिमको प्रमुख पत्रकार सिद्दीकीले दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयबाट अर्थशास्त्रमा सन् २००७ मा एजेके मास कम्युनिकेशन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेर पेसागत कर्ममा सक्रिय थिए ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!