US Khabar

अमेरिकी पेस्तोल सहित पक्राउ

- Admin | १ वर्ष पहिले प्रकाशित

अमेरिकी पेस्तोल सहित पक्राउ

अमेरिकन पेस्तोल सहित कपिलवस्तुमा प्रहरीले एक व्यक्तिलाई पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने ३६ वर्षीय मातेश्वर प्रसाद यादव मेड इन युएस ७.६५ लेखिएको अमेरिकी पेस्तोल सहित पक्राउ परेका हुन् ।

शुक्रबार साँझ यादवलाई कपिलवस्तु नगरपालिकाको जहदीचोकस्थित तौलिहवा जितपुर सडक खण्डमा सवारी चेकजाँचमा खटिएका प्रहरीले पक्राउ गरेका थिए । युपी ५५ डब्लु ८३२४ भारतीय नम्बर प्लेटको २२० सिसी बजाज मोटरसाईकल चडेर जाँदै गरेका उनको साथबाट पेस्तोल सहित सो भारतिय नं प्लेटको मोटरसाईकल पनि बरामत गरिएको छ ।

शुक्रबार साँझ पक्राउ परेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस अघि समेत हातहतियार–खरखजना मुद्दामा पक्राउ परेका उनलाई जिल्ला अदालत कपिलबस्तुले एक वर्षअघि धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!