US Khabar
  • देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट सांसद भीम रावलले दिए राजिनामा

    - Admin | २ हप्ता पहिले प्रकाशित

    देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट सांसद भीम रावलले दिए राजिनामा

    नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट हुँदै रावलले संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    यस बिषयमा सांसद रावलद्वारा जारी विज्ञप्तीमा रावलले पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनस्र्थापना र प्रधानमन्त्रीले विस्वाको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति,स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा नीजि स्वार्थ अहं,प्रतिशोधी चरित्र र कार्य अत्यन्त लज्जास्पद र घृणाभाव उत्पन्न हुने शैलीको रहेको बताएका साँसद रावलले यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफुलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    रावलले झण्डै आधा शताव्दी लामो राजनीतिक जीवनमा आफुले अनेकौं राजनीतिक आरोह–अवरोह तथा घात–प्रतिघात व्यहोरेको बताउनुका साथै आफुले मातृभूमिको स्वाधीनता,स्वतन्त्रताका लागि गरेको कर्मलाई स्मरण गर्दै राजनीतिक नेतृत्वको त्यस विपरीतका काम हुँदै देश र जनतालाई अनेकांै पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै आएकोप्रति दुख पनि ब्यक्त गरेका छन् ।

    प्छिल्लो समयमा राजनीतिक बृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्दतिलाई आफ्नो उचित एवं निहीत स्वार्थक लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुुनैपनि सच्चा,देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुने तर्क सहित रावलले यस्ता विकृत तथा देश र जनताका हित विपरीतका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजीतिककर्मीको हैसियतले आफुले अधिकतम प्रयत्न पनि गरेको स्मरण गरे ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!