US Khabar
  • ४१ घण्टा लामो नृत्य प्रस्तुत गरेर विश्व रेकर्ड राख्न सफल नेपाली दिदी वहिनी: रुविशा-एलिशा

    - Admin | २ हप्ता पहिले प्रकाशित

    ४१ घण्टा लामो नृत्य प्रस्तुत गरेर विश्व रेकर्ड  राख्न सफल नेपाली दिदी वहिनी: रुविशा-एलिशा

    नेपाली कलाकारिता क्षेत्र अझै पनि विश्व समुदायमाझ उल्लेखनिय रुपमा सहभागी हुन सकिरहेको छैन । यो अवस्थामा कोही नेपाली कलाकारले विश्व रेकर्ड कायम राख्नु सबैका लागि गर्वको बिषय पनि हो । यहि गर्वका साथ यतिबेला हेरिएका दुई नाम हुन् रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ ।

    लगातार ४१ घण्टा ५ मिनेटसम्म नृत्य गरेर गिनिज बुक (वल्र्ड रेकर्ड)मा नेपालका तर्फवाट आफ्नो नाम दर्ता गर्न सफल एलिशा र रुविशा एकै घरका दिदी बहिनी हुन् । चन्द्रागिरी नगरपालिका ५ निवासी उनिहरु परिवारको सल्लाह र सुझावमा नै कलाकारिताको सफल यात्रा गर्दै छन् । रुविशा र एलिशाका बुवा चलचित्र निर्माता तथा नृत्य प्रशिक्षक समेत रहेकाले पनि उनिहरु बुवा मार्फत आउने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

    बिश्व रेकर्ड कायम गरेपछि उनिहरुलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणपत्र प्रदान गरेकी थिईन् । पारिवारिक पृष्ठभूमिका कारण सानैबाट नृत्य प्रशिक्षण पाएका उनिहरु अहिले महंगो पारिश्रमिकमा म्यूजिक भिडियोमा समेत खेल्दै आएका छन् । भविश्यमा आफ्नै रेकर्ड तोडेर अर्थात डवल समय नृत्य गरेर ८० घण्टा लगातार नृत्य गरेर विश्व रेकर्ड राख्ने लक्ष्य राखेका एलिशा र रुविशा आफ्नो ब्यक्तीगत फाईदा भन्दा आफुहरुको मेहनत र कर्मले नेपालको नाम राख्न सकेकोमा खुशी व्यक्त गर्छन ।

    हाल नेपालकै टप डान्स रियालिटी शोरुमा समेत मुख्य निर्णायकको भूमिका निभाउँदै आएका उनिहरु कलाकारिता देशको अभिन्न अंग र समाजको दर्पण पनि भएकाले विकृती भित्राउने भन्दा कलात्मकतामा ध्यान दिनुपर्ने धारणा राख्दछन् ।

    लाखौं दर्शकको रोझाईमा परेको उनिहरुको नृत्यको कलाकार्मीबाट समेत प्रशंसा हुँदै आएको छ । भविश्यमा डान्स रियालिटी शो संचालन गर्ने लक्ष्य सहित अघि एलिशा र रुविशा आफुहरुले विश्व रेकर्ड राखेपनि अझै पनि नृत्य सिक्दै धेरै विधागत नृत्यका लागि कोशिष गर्ने बताउँछन् । त्यसैले उनिहरु आफ्नै नृत्य प्रशिक्षण कक्षा संचालन गरेर नयाँ कलाकारलाई सहयोग गर्ने सोचमा छन् ।

    दुई दिदी बहिनी मध्य एलिशा गायिका पनि हुन् । केही गीत बजारमा समेत ल्याईसकेकी उनि संगीत र कलाकारितालाई समय निकालेरै भएपनि सकारात्मक काम गर्ने विचारमा छिन् ।

    त्यसभन्दा अगाडि अमेरिकाका दिदीबहिनीले ३८ घण्टा ३० मिनेट लगातार नृत्य गरेर रेकर्ड राखेका थिए । रुविशा र एलिशाले त्यो रेकर्डलाई तोडेर दुई वर्षअघि यो ४१ घण्टा ५ को विश्वरेकर्ड राखेका थिए । रेकर्ड कायम गरेपछि उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

    एलिशा र रुविशाले कायम गरेको गीनिज बुक वल्र्ड रेकर्ड त्यसभन्दा अगाडि अमेरिकाका दिदीबहिनीले ३८ घण्टा ३० मिनेट लगातार नृत्य गरेर कायम गरेका थिए ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!