US Khabar
  • नेजा अधिवेशनको तयारी अन्तिम चरणमा, प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल आउनुहुने

    - Admin | २ महिना पहिले प्रकाशित

    नेजा अधिवेशनको तयारी अन्तिम चरणमा, प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल आउनुहुने

    नेपाल अमेरिका पत्रकार संघ(नेजा)को साँतौं अधिवेशन तथा १४ औं साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । भर्जिनियामा जुलाई २४ र २५ , २०२१ मा हुने संघको अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल आउनुहुने भएको छ ।
    त्यसैगरी पत्रकार महासंघ तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष हरीहर बिरही पनि अधिवेशनको उद्घाटनमा सहभागि हुनुहुनेछ । त्यस्तै, महामहिम राजदुत डा. युवराज खतिवडा, मेरिल्याण्ड हाउस अफ स्टेटका डेलिगेट्स ह्यारी भण्डारी, एनआरएनए आइसिसी तथा एनसिसी युएसएका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको अधिवेशनमा सहभागिता रहनेछ ।
    संघको अधिवेशनमा संघका संस्थापकहरुको पनि उपस्थिति रहनेछ भने उत्तर अमेरिकामा रहनुभएका संघका सदस्यहरुको जमघट हुनेछ । संघकी डिसी मेट्रो क्षेत्रका संयोजक तथा व्यवस्थापन समिति संयोजक लिला ओझाका अनुसार अधिवेशन लक्षित तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनमा आउनुहुने पत्रकारहरुलाई केही आवश्यक परे सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।
    सम्पूर्णमा नमस्कार ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)को जुलाई २४ र २५ (आउँदो शनिवार र आईतवार), २०२१ मा भर्जिनियामा हुने साँतौं अधिवेशन तथा १४ औं साधारणसभा मा सहभागि हुन पाल्नुहुने सम्पूर्ण सदस्य ज्यूहरुलाई स्वागतका लागि नेजा वर्तमान कार्यसमिति आतुर रहेको छ ।
    जुलाई २४ र २५ तारिखका लागि नेजाले नै आवास तथा भोजनको प्रबन्ध मिलाएको छ । शनिवार भन्दा अघि आउनुहुनेहरुले भने अधिवेशन हुने होटलमा सम्पर्क गरी स्वयं कोठा बुक गर्नुहुन सविनय अनुरोध छ । शुक्रवारको निम्ति पनि नेजाकै दररेटमा १५ वटा कोठा उपलब्ध गराउनका लागि होटल व्यवस्थापन सँग सघले आग्रह गरेको छ । कोठा सिमित भएकाले शनिवार भन्दा अघि आउनुहुने हरुले छिटो होटलमा सम्पर्क राख्नुहुन सविनय अनुरोध छ ।  यसका निम्ति हाम्रो तर्फवाट समन्वयका निम्ति हामी तयार नै रहेका छौं ।
    साथैं संघको अधिवेशन तथा साधारण सभामा सहभागिताका निम्ति स्थानीय व्यवस्थापन समितिको आग्रहमा सल्लाहकार सहीतको कार्यसमितिको वैठकले दर्ता शुल्क १ सय कायम गर्ने निर्णय गरेकाले त्यो शुल्क तपाईहरुले अनलाइनवाट पनि भुक्तान गर्न सक्नुहुनेछ । त्यसका निम्ति संघको पेपल अकाण्ट वाट र जेलीवाट पनि तिर्न सक्नुहुनेछ ।

    होटल बुक गर्नका  निम्ति लिंक     Jagannath Sharma: 703-895-4788 (Hotel Manager )

    अधिवेशन दर्ता शुल्कका लागि लिंक 

    जेलिवाट भुक्तान गर्नका निम्ति [email protected]

    अनुरोध
    नेपाल अमेरिका पत्रकार संघ(नेजा)

    सम्पर्कका लागि

    लिला ओझा : 6027746610

    निदेश अधिकारी: 7039458064

    बाबु खरेल:   7039096962

    विकासराज न्यौपाने:2143005586

    किरण मरहठ्ठा: 9173538224

    सुरज भण्डारी:  5125967940

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!