नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिहीबार बिहान प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीमाथि विद्युतीय अपराध गरेको आरोप लगाइएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । रेडियो नेपालको बोर्ड सदस्य रहेका पक्रकार दिपक पाठक भक्तपुरबाट पक्राउ परेका हुन् ।
उनी प्रधानमन्त्री केपी शर्मा ओली नजिकका पत्रकार मानिन्छन् । उनलाई यसअघि प्रधानमन्त्री ओलीले प्रेस काउन्सिलको सदस्य बनाउनसमेत प्रस्ताव गरेका थिए ।
दीपकलाई प्रधानमन्त्री ओलीकै निर्देशनमा रेडियो नेपालको बोर्ड सदस्य बनाइएको थियो । केही दिनअघि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पाठकले सामाजिक सञ्जालमार्फत दाहालविरुद्ध गाली गलौज गरेको आरोप लगाउँदै छानविन र कारवाहीका लागि उजुरी दिएका थिए ।
प्रतिक्रिया