US Khabar
  • NRNA अस्ट्रेलिया:   युवा संयोजकमा महेश प्रसाईको उमेद्वारी

    - Admin | २ महिना पहिले प्रकाशित

    NRNA अस्ट्रेलिया:   युवा संयोजकमा महेश प्रसाईको उमेद्वारी

    बालकृष्ण भट्ट \रकडेल ।

    यही जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा नेशनल युथ कोडिनेटर पदमा महेश प्रसाई (म्याक्स बाबु) ले उम्मीदवारी दिनुभएको छ ।

    नेपाली विद्यार्थीहरुको सहयोगको लागी होस वा नेपाली अभिभावकहरुको सेवाको निमित्त होस् बिना कुनै सर्त आफुलाई नेपाली र अस्ट्रेलियाली समाजको सेवामा समर्पित भई अघी बढ्न रूचाउने महेश प्रसाईले अस्ट्रेलिया एनआरएनएको सदस्यता २०१० मा लिनुभएको हो ।

    निकै जोशिलो-हसिलो स्वभाब र प्रवृत्तीका म्याक्स हजारौं नेपाली विद्यार्थीहरुको निमित्त सुचारु गरिएको भिजन फर मोटिभेसन (VFM) का सस्थापक सदस्य पनि हुनुहुन्छ ।

    आसन्न निर्वाचनमा आफ्नो उम्मेद्वारी न्यु साउथ वेल्स राज्यको राज्य संयोजकमा दिएको तर चुनाबी मोड नजिकिदै गर्दा आफ्ना अग्रजहरुको अनुरोध सहित आफूलाई अस्ट्रेलिया एनआरएनएको युवा संयोजकको रुपमा उमेद्वार बन्न गर्नु भएको आग्रहलाई आफूले अस्विकार गर्न नसकेर तथा आफूलाई अस्ट्रेलियाको युवाहरु संगै नजिक रहि केहि वर्ष अझै काम गर्ने दृढ इच्छा भएको कारणबाट आफूले उम्मेद्वारी दिएको घोषणा गर्नुभएको छ ।

    यस अघि पनि आफू धेरै युवा अभियानहरुमा लागेर अस्ट्रेलिया ब्यापी काम गरि सकेको, एनआरएनएको पदमा भन्दा पनि पद भन्दा माथी उठेर, बाहिर रहेर “काम गर्नको लागि एनआरएनए को भित्र बसीराख्न जरुरी छैन,” भन्ने सत्यता बमोजिम विगतका केहि वर्षदेखि साथीहरूसग हातेमालो गर्दै हजारौं युवा विधार्थीको सुखदुखमा साथ दिइ सामाजिक काम गर्दै आएको उहाँ थप बताउनुहुन्छ ।

    बोल्न कम, काम ज्यादामा विश्वास गर्नुपर्ने कुरामा जोड दिने म्याक्स आसन्न निर्बाचनमा अस्ट्रेलियाको युवा संयोजकको उम्मेद्वारीलाई अस्ट्रेलिया बासी सबै नेपालीहरूले सहर्ष स्वीकार गरिदिनु हुन सबैको नाममा सार्बजनिक अपिल पनि केही समय अगाडी गर्नुभएको थियो।

    अस्ट्रेलियाका नेपाली युवाहरु तथा नेपाली समाजबाट पाएको माया, अग्रजहरुको आसिर्बाद, तथा समर्थनलाई शिरोधार्य गर्दै, यसपाली एनआरएनए भित्रै बसी काम गर्न आफू इच्छुक रहेको कुरा उहाँले हामीलाई बताउनुभयो ।

    एनआरएनए भित्र गरिने चरम राजनीति अनि सिन्डिकेट प्रथाको सदेव बिरोधी हो म। हाम्रो एनआरएनएमा स्वस्थ्य चुनाब गरिनु पर्छ। सबै वर्ग अनि समाजका अभियन्ताहरुको सिंगो थलो एनआरएनए बन्न सक्नु पर्छ, म लगायत हामी जस्ता धेरै एनआरएनए का युवा अभियन्ताहरुको यो सिंगो आवाज हो।

    प्रसाईका मुख्य प्रतिवद्धताहरु:-

    युवा सशक्तिकरणमा जोड दिने, युवा सिपमुलक तालिममा बिशेष पहल गर्ने, नेपाली भाषा र सस्कृतिको प्रवर्धनको लागी विशेष कार्यक्रम ल्याउने, Skill Knowledge & Innovation सम्वन्धि युवाहरूका लागी बिशेष योजना ल्याउने, युबाहरुलाई एनआरएनए प्रति थप आकर्षण जगाउनको लागी युवामैत्री कार्यक्रम ल्याउने, बिभिन्न awareness कार्यक्रम गर्न बिशेष पहल गर्ने। जस्ता रहेका छन् ।

    यो अभियानमा हजुरहरुको पूर्ण साथ अनि सहयोगको सदा झैँ आशा गरेको छु। मलाई दिने हजुरको भोटको ऋण म एनआरएनए लाइ अझ युवा मैत्री संस्था बनाउदै युवाहरूको हितमा थप सामाजिक कार्य गरेर तिर्नेछु। उहाँको अपिलमा उल्लेख छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!