US Khabar
  • नेपाल अमेरिका पत्रकार संघको मतदान आज दिउँसो १ बजेबाट:  बन्दसत्र सुरु

    - Admin | २ महिना पहिले प्रकाशित

    नेपाल अमेरिका पत्रकार संघको मतदान आज दिउँसो १ बजेबाट:  बन्दसत्र सुरु

    सुष्मा देवकोटा  \ २५ जुलाई 

    हिजोबाट भर्जिनिया सुरु भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १४ औ साधारण सभा तथा ७ औं अधिवेशनको बन्द सत्र सुरु भएको छ । नयाँ कार्य समिती  (२०२१-०२३)का लागि हिजो (शनिबार)बाट सुरु भएको नेजा अधिवेशनको मतदान हुन केही घण्टा मात्र बाँकी रहेकाले बन्द सत्र सुरु गरिएको हो ।

    संघको मतदान कार्यतालिकामा अनुसार आज जुलाई २५ (आईतबार)का दिन अमेरिकी समय  (भर्जिनिया) अनुसार मतदान आज दिउँसो १ बजेर १० मिनेटमा सुरु भै ३ बजेर १० बजेसम्म चल्ने छ ।

    हिजो नेजाले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका सहितको सुचनामा आजका मतदान केन्द्रित कार्यक्रमहरु सहित संघको सुचनामा उमेद्वारी दिनेहरुका लागि आवश्यक प्रकृया पुरा गर्नका निम्ती सुसुचित गरिएको छ ।

    निर्वाचन प्रक्रियाको लागी समितिले प्रकाशित गरेको निर्वाचन सम्बन्धी सुचनाका उल्लेखित विवरण

    शनिवार सम्पन्न कार्यक्रम

    सदस्यहरुको अन्तिम सुची सार्वजनिक जुलाई २४ को बेलुकी १०:०० बजे ।

    आज (आईतबार)का कार्यक्रमहरु

    -सदस्यहरुको दावी विरोध जुलाई २५ तारिखको बिहान १०:०० बजे

    -उम्मेदवार दर्ताः जुलाई २५ तारिखको बिहान ११:०० देखि १२.०० बजेसम्म ।

    -उम्मेदवारहरुको सूची प्रकाशनः २५ तारिख जुलाई विहान १२:१५ बजे ।

    -उमेद्वारमाथि दावी विरोध एवं उमेद्वारी फिर्ताः जुलाई २५ तारिख विहान १२:३० देखि १ बजेसम्म ।

    उमेद्वारहरुको अन्तिम सुची: जुलाई २५ तारिक दिउँसो २ बजे

    -मतदान : जुलाई २५ तारिख दिउँसो १:१० बजेदेखि ३ : १० बजेसम्म ।

    -परिणाम घोषणाः ४ बजे

    उम्मेदवारी दिनेहरुको लागी

    १- उम्मेदवारी शुल्क चेक वा नगद तुरुन्तै बुझाउनु पर्नेछ ।

    २- उम्मेदवारी दिनेको हकमा नेजामा सदस्य वा आजीवन सदस्य भएको हुनुपर्नेछ ।

    ३- अध्यक्ष पदमा उमेद्वार दिने व्यक्ति नेजामा एक कार्यकाल पुरा काम गरेको हुनुपर्नेछ ।

    ४ कार्यसमितिमा उमेद्वारी दिने व्यक्ति पत्रकार आवद्ध अन्य सस्थाको कार्यसमितिमा बसेको अवस्थामा मान्य हुने छैन ।

    ५- उम्मेदवारी दिने व्यक्तिले एक जना सर्मथक र एक जना प्रस्तावक लिएर आउनु पर्नेछ ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!