US Khabar

रेडियो नेपालकी पहिलो गायिका रानुदेवीको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

रेडियो नेपालकी पहिलो गायिका रानुदेवीको निधन

बरिष्ठ गायिका रानुदेवी अधिकारीको निधन भएको छ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको बिहिबार राती ८६ बर्षको उमेरमा निधन भएको हो ।

अल्जाइमर रोगबाट पीडित गायिका रानुदेवीको बिहिबार राती अचानक स्वास प्रस्वासमा समस्या आएपछि उनलाई सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा लगिएको थियो तर अस्पताल पुर्याईएको केही बेरमा नै उनको निधन भएको हो ।

उनिद्वारा रेडियो नेपालमा पहिलो पटक गाइएको लाईभ गीत राणा सासन बिरुद्धको गीत थियो । नेपाली नेपाली अघि बढौँ हातमा क्रान्ति झण्डा लिई बोलको सो गीत् २००७ सालमा गाईएको थियो ।

राणा बिरोधी आन्दोलनका समय अग्रपंतीमा रहेर गीत मार्फत आन्दोलनलाई बुलन्द बनाएकी गायका रानुदेवीका चरी भुर्र उडी घरमा मेरो जाउ, मेरो मुटुको माझमा, तिमी दुर देशका परदेशी, जुनेली रात हजुर गम्किन्छ लगायतका गीतहरु नेपाली संगीत ईतिहासका कालजयि गीतहरु हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!