US Khabar
  • ओली सरकारको पालामा प्रदेश प्रमुख बनेका २ प्रदेशका प्रदेश प्रमुख हटाईए

    - Admin | २ महिना पहिले प्रकाशित

    ओली सरकारको पालामा प्रदेश प्रमुख बनेका २ प्रदेशका प्रदेश प्रमुख हटाईए

    सरकारले दुई प्रदेशका प्रदेश प्रमुख फेरेको छ। केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथ प्रसाद यादवलाई अहिले हटाइएको हो ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो।

    लुम्बिनीका प्रदेश प्रमुख बनेका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। नेकपा एमाले विघटन भएपछि ओली सरकारले उनलाई हटाएर पौडेललाई गण्डकीकी प्रदेश प्रमुख बनाएको थियो।

    नयाँ प्रदेश प्रमुख बनाउँदा सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रले एक, एक भागबन्डा गरेका हुन्।

    शेरचन माओवादी केन्द्रको कोटामा प्रदेश प्रमुख बनेका हुन्। गण्डकीका प्रदेश प्रमुख बनेका गुरुङ चितवन कांग्रेसका पूर्वसभापति हुन्।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक पूर्ववर्ती सरकारले गरेको नियुक्ति फेरिएको हो।

    मन्त्रिपरिषद्ले सिफारिस गरेका उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने छन्। प्रदेश २ का प्रदेश प्रमुखलाई पनि हटाउने तयारी भइरहेको छ। जसपालाई प्रदेश २ को प्रदेश प्रमुख दिइएको र जसपाले नाम दिन बाँकी रहेको जनाइएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!