US Khabar
  • टेक्सासमा खेल स्थलमा नै पूर्वपतिद्वारा गभर्वती महिला र उनका प्रेमीको हत्या

    - Admin | २ महिना पहिले प्रकाशित

    टेक्सासमा खेल स्थलमा नै पूर्वपतिद्वारा गभर्वती महिला र उनका प्रेमीको हत्या

    अमेरिकाको टेक्सस राज्यमा एक गर्भवती महिला र पुरुषको खेल प्रतियोगिता स्थलमा नै गोली हानि हत्या गरिएको छ । प्रेमि प्रेमिका उनिहरुको टेक्सासको ह्युसटन नजिकै सकर प्रतियोगिता स्थलमा दर्शकहरुको अगाडी नै गोली हानी हत्या गरिएको हो ।

    आइतबार बिहान १०ः१५ बजे ह्युसटन देखि उत्तरपूर्वको ह्यारिस काउन्टीको एक उद्यानमा घटेको उक्त घटनामा गोली चलाउने ब्यक्ती मृतक गर्भवती महिलाको पूर्व पति रहेको र प्रेमिसंग रहँदै आएकी प्रेमिका खेल हेर्न आउने पत्ता लगाएर पहिले नै खेल परिषरमा पुगेका उनले श्रीमती र उनका प्रेमीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    उनिहरुको हत्या गरेपछि गोली चलाउने ४२ बर्षिय ति पुरुष फरार रहेका थिए । फरार रहेको केही समयमा नै उनले परिवारलाई आफुले आत्महत्या गर्न लागेको भन्दै स्थानको पनि जानकारी दिएका थिए । परिवार प्रहरी सहित सो स्थानमा पुग्दा उनि गोली हानी आत्महत्या गरेको अवस्थामा फेला परेको स्थानिय अनलाईन सञ्चार माध्यममा जनार्ईएको छ ।

    गोली लागेर प्रेमीको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भिर घाईते गर्भवती महिलाको उपचारका क्रममा ह्युसटन नर्थवेस्ट मेडिकल सेन्टरमा मृत्यु भएको हो । (एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!