US Khabar
  • अमेरिकी विदेश मन्त्रीले दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चिनको कडा आपत्ती

    - Admin | २ महिना पहिले प्रकाशित

    अमेरिकी विदेश मन्त्रीले दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चिनको कडा आपत्ती

    अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग गरेको भेटवार्ताप्रति चिनले कडा आपत्ती जनाएको छ भारत भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री ब्लिङ्केनले धर्म गुरु लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि अमेरिकी हस्तक्षेपको संज्ञा दिंदै चिनले आपत्ती जनाएको हो ।

    पछिल्लो समय शक्तिशाली मानिएका चीन र अमेरिकका तनाव विचको यो भेटवार्ता चिनको स्वाभिमान बिरोधी भएको बताउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने तर्क गरेका छन् ।

    चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने बताउँदै झाओले चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

    चीनले अमेरिका आफ्नो प्रतिबद्धतामा कायम रहनुपर्नेमा पनि जोड दिएको छ ।

    (एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!