US Khabar
  • कोभिड: नेपालमा थप २७ जनाको संक्रमणबाट मृत्यु – एकै दिन ३,६११ संक्रमित थपिए

    - Admin | २ महिना पहिले प्रकाशित

    कोभिड: नेपालमा थप २७ जनाको संक्रमणबाट मृत्यु – एकै दिन ३,६११ संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या बढेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ र ४८७८ एन्टिजेन परीक्षणमा ११४४ जना गरी ३६११ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!