US Khabar
  • अमेरिकासंगको एमसीसी देखी अरु थुप्रै सम्झौता गौप्य रुपमा भै सकेको सांसद रावलको दावी

    - Admin | २ महिना पहिले प्रकाशित

    अमेरिकासंगको एमसीसी देखी अरु थुप्रै सम्झौता गौप्य रुपमा भै सकेको सांसद रावलको दावी

    नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकासँगको विशाल अनुदान सम्झौता, मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता गरिसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष समयमा रावलले तत्कालीन मन्त्रीबाट एमसिसी कार्यान्वयन सम्झौता गरिएको जिकिर गरे ।

    उनले त्यसको प्रतिलिपि प्रतिनिधि सभामा पेश गर्नसमेत माग गरे । यो सम्झौता सँगै अरु थुप्रै गोप्य सम्झौता भएको उनले उल्लेख गरे । उनले भने–‘मैले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा जुन कार्यदल बनेको थियो त्यहाँ रहँदा धेरैजसो सम्झौताहरु पढ्ने अवसर पाएँ । तर केही सम्झौताहरु अझै प्राप्त हुन सकेन् ।’

    एमसिसीबारे संसदले निर्णय गरेपछि मात्रै अरु सम्झौताहरु हुनुपर्ने र कार्यालयहरु खोल्नुपर्ने उनले बताए । उनले अमेरिकी अधिकारीहरुले वक्तब्य दिँदा एमसिसी हिन्द प्रशान्त रणनीतिक क्षेत्रको एउटा अंग भएको बताउने गरेको उल्लेख गर्र्दै नेपालमा बस्नेले भने त्यस्तो हैन भन्दै ब्याख्या गर्ने गरेको बताए । उनले अमेरिकी मन्त्रीको सट्टा नेपाली एमसिसीको बारेमा व्याख्याता हुन नसक्ने दावी गरे ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!