US Khabar
  • डेल्टा संक्रमितको संख्या बढेपछि लकडाउन थप कडाईका लागि अस्ट्रेलियामा सैन्य परिचालन

    - Admin | २ महिना पहिले प्रकाशित

    डेल्टा संक्रमितको संख्या बढेपछि लकडाउन थप कडाईका लागि अस्ट्रेलियामा सैन्य परिचालन

    कोभिडको संक्रमण तिव्र रुपमा देखिन थालेपछि अस्ट्रेलिया सरकारले थप कडाई गरेको छ । गत महिनामा फैलिन सुरु भएको डेल्टा भेरियन्टबाट ठुलो संख्यामा संक्रमित बढ्नुका साथै मृत्यु हुन थालेपछि लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको हो ।

    डेल्टा भेरियन्टबाट अस्ट्रेलिया एक महिनामा झन्डै तीन हजार जनामा सङ्क्रमित पृष्टी भएको छ भने नौ जनाको ज्यान गएको छ ।

    दश किलोमिटरभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाइएको अस्ट्रेलियामा धेरै सङ्क्रमण फैलिएका ठाउँमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिक खटिनेछन् ।

    यता सर्व साधारण नागरिकले भने लकडाउन कार्यान्वयन गराउनका लागि सैन्य हस्तक्षेप उचित नभएको प्रतिकृया दिइरहेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!