US Khabar
  • बद्री पंगेनी र शंकर विसीको ‘माया भन्न मिल्दैन होला’ फरक मिठास र सौन्दर्यमा सार्वजनिक

    - Admin | २ महिना पहिले प्रकाशित

    बद्री पंगेनी र शंकर विसीको ‘माया भन्न मिल्दैन होला’ फरक मिठास र सौन्दर्यमा सार्वजनिक

    चर्चित कलाकार तथा पछिल्लो समयका व्यस्त म्यूजिक भिडियो निर्देशक शंकर विसीको निर्देशनमा लोकप्रिय गायक बद्री पंगेनी र संगीता पौडेलको ‘माया भन्न मिल्दैन होला’ बोलको गीत गायक पंगेनी स्वयंको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीत यो गीत शब्द संगीतकै कारणले पनि उत्कृष्ट छ । मौलिकतामा सरल साहित्य र आधुनिकताको फ्युजन गरिएको गीतलाई चर्चित गायक बद्री पंगेनी र गायिका संगीता पौडेलको आवाजले प्रसस्त न्याय गरेको छ ।

    गीतको म्युजिक भिडियोलाई आकर्षक कोरियोग्राफीका साथ निर्देशन गरिएको छ । जसलाई चर्चित मोडल तथा निर्देशक साथै कोरियोग्राफर शंकर बिसीले निर्देशन र कोरियोग्राफी गरेका हुन् । जसमा प्रयोग भएका ड्रेसहरुको कलर कम्विनेशनलाई कोरषमा समेत फरक ढंगले आकर्षक कोरियोग्राफीका रुपमा उतारिएको छ ।

    चर्चित मोडल अन्जली अधिकारी, गोपाल पोख्रेल, प्रिया अधिकारी, बबिन ठकुरीलाई सन्तोष मंग्रान्तीको अभिनय रहेको छ ।

    दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!